नेभिगेशन
समाज

भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

काठमाडाैं ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल चितवन पुगेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार विहान चितवन पुगेकी मन्त्री रावलले प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत तथा जिल्लाका सातवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेकी छिन् । छलफलमा राज्य व्यवस्था समिति सभापति हरि ढकाल पनि सहभागी थिए । 

Extreme Energy

चितवनमा रहँदा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्ने कार्यक्रम छ ।  साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले भूमिहीन तथा सुकुमबासीका समस्या, सहकारीपीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्नेछिन् । साथै, मन्त्रालयबाट हालसम्म भएका काम, आगामी योजना तथा नागरिकका गुनासा र तिनको समाधानका उपायबारे जानकारी आदानप्रदान गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको सामूहिक आत्मविश्वास र युवाको प्रतिभालाई उजागर गरेको बताएकी छिन् ।
संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

सरकारले संघीय निजामती अध्यादेश ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ ।