नेभिगेशन
समाज

श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

काठमाडौँ । श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनकपुरले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आज परेरालाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । 

Extreme Energy

जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपिएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् । 

परेराले यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) सहित विभिन्न सात फ्रेन्चाइज लिग खेलिसकेका छन् । एनपिएल उनका लागि आठौँ लिग हुनेछ ।

श्रीलङ्काको राष्ट्रिय टोलीबाट तीनवटै प्रारूपमा खेलेका परेराले टेष्ट क्रिकेटमा २२ खेलबाट एक हजार १७७, एकदिवसीय अन्तरराष्ट्रियमा ११६ खेलबाट तीन हजार २३७ तथा टी–२० अन्तरराष्ट्रियमा ९५ खेलबाट दुई हजार ३३५ रन बनाएका छन् ।

जनकपुरले परेरासहित इङ्ग्ल्याण्डका मोइन अली, न्युजील्यान्डका जिमी नीशम, पाकिस्तानका इफ्तिखार अहमद, अमरिकाका हरमित सिंहलगायतलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

एनपिएलको तेस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको सामूहिक आत्मविश्वास र युवाको प्रतिभालाई उजागर गरेको बताएकी छिन् ।
भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल चितवन पुगेकी छिन् ।
संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

सरकारले संघीय निजामती अध्यादेश ल्याउने तयारी गरेको छ ।