नेभिगेशन
समाज

नेपालमा प्रतिबन्धित भयो भारतीय चलचित्र ‘उड्ता तिर’

काठमाडौँ । भारतीय अभिनेता आयुष्मान खुराना र सारा अली खान अभिनीत चलचित्र ‘उड्ता तिर’ लाई नेपालमा सार्वजनिक प्रदर्शनका लागि अनुमति नदिइने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८(३) ले निषेध गरेको विषयवस्तु रहेको भन्दै प्रदर्शन अनुमति नदिने निर्णय गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र वितरक नेसनल सिने ग्रुप नेपाल प्रालिलाई पत्र पठाउँदै उक्त जानकारी दिएको हो। पत्रअनुसार केन्द्रीय चलचित्र जाँच समितिले असोज २९ गते चलचित्र जाँच गर्दा सार्वजनिक प्रदर्शनको अनुमति नदिने निर्णय गरेको थियो।

Ncell
Extreme Energy

असोज ३० गतेको मितिमा वितरकलाई पठाइएको पत्रमा ऐनको दफा ८(३) बमोजिम चलचित्रलाई सार्वजनिक प्रदर्शन अनुमति दिन नसकिने उल्लेख छ।

आकाश कौशिकको लेखन तथा निर्देशन रहेको ‘उड्ता तिर’ हिन्दी भाषाको जासुसी हास्य चलचित्र हो। यसमा आयुष्मान खुरानाले पाकिस्तानी जासुसको भूमिका निर्वाह गरेका छन् भने सारा अली खान पनि मुख्य भूमिकामा छिन्।

चलचित्रको कथामा गुप्त मिसनका क्रममा स्मरणशक्ति गुमाएका एक पाकिस्तानी जासुस भारत र पाकिस्तानको सीमामा पुग्छन्। स्मरणशक्ति गुमाएपछि आफू कुन देशको नागरिक हुँ भन्ने बिर्सने र त्यसबाट उत्पन्न हुने हास्यपूर्ण तथा तनावपूर्ण घटनामा चलचित्र केन्द्रित छ।

चलचित्रको प्रदर्शन मिति यसअघि अक्टोबर ९ तोकिएकोमा पछि अक्टोबर २३ का लागि सारिएको थियो। नेपालमा भने केन्द्रीय चलचित्र जाँच समितिको निर्णयपछि यसको सार्वजनिक प्रदर्शन रोकिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु...
गोकर्णेश्वरले सुरु गर्‍यो घरदैलोमै घुम्ती स्वास्थ्य सेवा, बिहान ७ देखि बेलुका ७ बजेसम्म उपचार

गोकर्णेश्वरले सुरु गर्‍यो घरदैलोमै घुम्ती स्वास्थ्य सेवा, बिहान ७ देखि बेलुका ७ बजेसम्म उपचार

गोकर्णेश्वर नगरपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका बिरामीलाई लक्षित गरी घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।
ऊँट लिएर गाउँगाउँमा भिक्षा माग्दै, हवनका नाममा रकम उठाएको स्थानीयको गुनासो

ऊँट लिएर गाउँगाउँमा भिक्षा माग्दै, हवनका नाममा रकम उठाएको स्थानीयको गुनासो

बाराको बारागढी गाउँपालिका–१ पिपरा, बस्तपुर, भुवानीपुरलगायत आसपासका क्षेत्रमा ऊँट लिएर घरघरमा पुग्दै भिक्षा माग्ने गरेको पाइएको छ।
यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रतिको रुचिलाई उद्यममा बदल्दै सिर्जना सिज्जुले बागलुङको ढोरपाटनमा प्रकृतिमैत्री रिसोर्ट ‘सिज्जइको क्याम्प’ सञ्चालनमा ल्याएकी छन्।