नेभिगेशन
समाज

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ । चितवन राइनोज स्पोर्टस क्लबका अध्यक्ष आयुष न्यौपानेले  दुर्लभ एक सिङ्गै गैँडा संरक्षणमा क्लब लागेको बताए । उनले भने, “हाम्रो नाम नै गैँडासँग जोडिएकाले हामी यसको संरक्षणमा पनि योगदान दिन लागेका हौँ ।”
 
यस क्लबले एक सिङ्गे गैँडाको तस्बिर राखेर संरक्षणका लागि सन्देश प्रवाह गर्दै आएको छ । चितवन मेडिकल कलेजको भगिनी संस्था ‘चितवन राइनोज’ले पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडालाई अहिले क्रिकेटको माध्यमबाट थप चिनाउँदै आएको छ । त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राइनोज’ ले खेलमार्फत चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ ।
 
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणममा चौथो स्थान हासिल गरेको ‘चितवन राइनोज’दोस्रो संस्करणमा सातौँ बनेको थियो । अहिले पहिलो बन्ने तयारीसहित मैदानमा उत्रिएको क्लबका निर्देशक प्रताप देवकोटाले बताउनुभयो । चितवन राइनोजको समर्थनमा चितवनको वीरेन्द्र क्याम्पस चौर, विशाल चोक, दीपेन्द्र चोकको चित्वन स्पाइसी हर्बलगायत जिल्लाका विभिन्न स्थानमा प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको उनले जानकारी दिए ।
 
‘चितवन राइनोज’ले संरक्षणमा जोड दिँदै विभिन्न स्थानीय क्लबहरुलाई सहयोग गर्ने गरेको उनले बताए । भोटेकोशी बाढी प्रभावितहरुलाई सहयोग पनि गरेको यस क्लबले जिल्लामा हुने साङ्गीतिक कार्यक्रमहरुमा प्रायोजकका रुपमा सहकार्य गर्ने गरेको क्लबका निर्देशक देवकोटाले बताए । उनले भने, “गैँडा संरक्षण गर्दै क्रिकेट खेलको प्रवर्द्धनमा हामी लागेका छौँ ।” 

Extreme Energy

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले देशका आठ वटा क्लबमध्येको एक क्लब चितवनको रहनु आफैँमा गर्वको विषय भएको बताए । उनले भने, “चितवन जिल्लाको नाममा स्थापित यो क्लब जिल्लाका लागि गौरवको विषय हो ।” खेलले अनुशासित बनाउने जनाउँदै उनले आम जनसमुदायलाई खेलप्रति आकर्षित गर्न यस्ता क्लब सहयोगी बन्ने बताए ।
 
‘चितवन राइनोज’ खेल मैदानमा  तयारी गर्दा यहाँका होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा खेलप्रेमी रमाइरहेको देख्न सकिन्छ । सडक किनारका पोल, होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा पनि चितवन राइनोजको लोगो अङ्कित झण्डा फहराएको देखिन्छ ।
 
आजबाट एनपिएलको तेस्रो सिजनको खेल सुरु हुँदैछ ।यसपालि उपाधि विजेता टोलीले रु एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई रु ८० लाख प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।  अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पहिलोपटक एनपिएललाई अन्तरराष्ट्रिय मान्यता प्रदान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको सामूहिक आत्मविश्वास र युवाको प्रतिभालाई उजागर गरेको बताएकी छिन् ।
भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल चितवन पुगेकी छिन् ।
संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

सरकारले संघीय निजामती अध्यादेश ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ ।