नेभिगेशन
समाज

चितवनमा तीन हजारभन्दा बढी मतदाताको नाम सूचीबाट हटाइयो

चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले तीन हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाइएको हो।

Ncell
Extreme Energy

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार हटाइएकामध्ये दोहोरो दर्ता भएका एक हजार ९४३ जना छन्। निर्वाचन आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो दर्ता भएको पाइएपछि उनीहरूको नाम हटाइएको हो।

त्यस्तै, गत भदौ १२ गतेसम्म मृत्यु दर्ता भएका एक हजार ३८० जना र नागरिकता परित्याग गरेका ३९ जनाको नाम पनि मतदाता नामावलीबाट हटाइएको कार्कीले बताए।

मृत्यु भएका व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालय र मृतकका परिवारले कार्यालयमा दर्ता गराएको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको हो। नागरिकता परित्याग गरेका व्यक्तिको नाम भने जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको कार्कीले बताए।

गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनका बेला चितवनमा चार लाख ४२ हजार ८२ मतदाता थिए। फागुन २१ गते मतदान भएपछि जिल्लामा १३ हजार १३४ जना मतदाता थपिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन्। आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी र स्थानीय स्रोतहरूले बताएका...
राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको पूजार्चना गरेका छन्।
केन्याली धर्मगुरु म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर

केन्याली धर्मगुरु म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर

केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन्। अनुयायीहरूलाई येशूलाई भेट्न सकिने भन्दै भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा उनी दोषी ठहर भएका हुन्।
घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।