नेभिगेशन
समाज

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

एजेन्सी । मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन्। आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी र स्थानीय स्रोतहरूले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोटरसाइकलमा आएका आक्रमणकारीले टिनाबो गाउँ र तगादायत क्षेत्रका शिविरमा गोली चलाउनुका साथै घरहरूमा आगजनी गरेका थिए। दौसहाक समुदायको कार्यकारी ब्युरोले घटनामा इस्लामिक स्टेट समूह संलग्न रहेको आरोप लगाएको छ। ब्युरोका अनुसार तगादायतमा मात्रै ४८ जना सर्वसाधारण मारिएका छन्।

Ncell
Extreme Energy

एक सुरक्षा स्रोतका अनुसार हालै गरिएको सैन्य कारबाही र अजवादको उद्धारका लागि सशस्त्र आन्दोलन (एमएसए) ले गरेको आक्रमणको बदलास्वरूप हिंसा भएको हो। दौसहाक समुदायबाटै उदाएको एमएसए मालीको सत्तारूढ सरकारसँग सम्बन्धित छ।

एक स्थानीय अधिकारीले महिला र वृद्धवृद्धासहित ५० भन्दा बढीको मृत्यु भएको बताएका छन्। आक्रमणबाट विस्थापित भएका मानिसहरू मेनाका पुगेका छन्। दौसहाक समुदायको कार्यकारी ब्युरोले घटनालाई नरसंहार भन्दै निन्दा गरेको छ र विस्थापितहरूलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन अपिल गरेको छ।

यसैबीच, मालीको सेनाले शनिबार मेनाकाबाट करिब ६५ किलोमिटर दक्षिणपश्चिममा सैन्य कारबाही गरेको जनाएको छ। सेनाका अनुसार उक्त कारबाहीमा आतङ्कवादी तथा सैन्य उपकरण रहेको प्रमुख आधारमा आक्रमण गरिएको थियो।

माली सन् २०१२ देखि जिहादी लडाकु, तुआरेग पृथकतावादी र आपराधिक समूहको हिंसाबाट प्रभावित छ। सन् २०२० र २०२१ का सैनिक विद्रोहपछि सत्तामा आएको सैनिक सरकारले रुसको सहयोग लिएको छ। वागनर समूहका अर्धसैनिक बल सन् २०२५ मा अफ्रिका कोरमा रूपान्तरण भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापाको बाह्रदशी गाउँपालिका–२, जनता चोकमा हात्तीको आक्रमणबाट ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ। आक्रमणमा परी ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्।
बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् परियोजना रोक्नुभन्दा प्राकृतिक जोखिमलाई ध्यानमा राखेर एकीकृत विकास योजनासहित अघि बढाउनुपर्ने बताएका छन्।
रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

गोरखाको धार्चे गाउँपालिका–३, उहियामा ज्यान जोखिममा रहेकी २१ वर्षीया गर्भवती सुस्मि घलेलाई नेपाल रेडक्रसले हेलिकोप्टरमार्फत उद्धार गरेको छ।
राष्ट्रपतिको शुभकामना : दसैँले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ बनाओस्

राष्ट्रपतिको शुभकामना : दसैँले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ बनाओस्

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन्।