नेभिगेशन
समाज

बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् परियोजना रोक्नुभन्दा प्राकृतिक जोखिमलाई ध्यानमा राखेर एकीकृत विकास योजनासहित अघि बढाउनुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालेन्द्र शाह नेतृत्वको सरकारले बुढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेकोमा स्वागत गर्दै भट्टराईले भोटेकोशी, त्रिशूली र बुढीगण्डकी क्षेत्रमा हालै आएका विपद्लाई आधार बनाएर ठूला जलाशययुक्त परियोजना बनाउनै नहुने धारणा राख्नु गलत भएको बताएका हुन्।

Ncell
Extreme Energy

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले ठूलो भूकम्पपछि बहुतले भवन बनाउनै हुँदैन भन्नुजस्तै ठूला जलाशययुक्त परियोजना बनाउनै हुँदैन भन्नु हास्यास्पद हुने उल्लेख गरेका छन्। भूकम्पको जोखिम बढी भएका जापानलगायतका देशमा पनि बहुतले भवन निर्माण हुने गरेको उनको तर्क छ।

भट्टराईले हालैका विपद्बाट सिक्नुपर्ने मुख्य पाठ ठूला नदीका जलाधार क्षेत्रमा एकीकृत विकास योजना बनाएर मात्र पूर्वाधार निर्माण गर्नु रहेको बताएका छन्। उनका अनुसार असुरक्षित क्षेत्रमा मानव बस्ती र पूर्वाधार निर्माण गर्न नहुने, अधिकतम प्राकृतिक जोखिमको पूर्वानुमान गरेर जोखिमप्रतिरोधी संरचना बनाउनुपर्ने र वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।

उनले आफ्नो कार्यकालमा बुढीगण्डकी परियोजनालाई जलविद्युत् उत्पादनमा मात्र सीमित नराखी पर्यटन, सेवा केन्द्र, पुनर्वाससहितको सहरीकरण, आधुनिक औद्योगिक केन्द्र र गोरखा तथा गणेश हिमालसम्मको जलाधार क्षेत्रको वातावरण संरक्षण समेटिएको बहुउद्देश्यीय परियोजनाका रूपमा अघि बढाउने परिकल्पना गरिएको बताएका छन्।

त्यसै उद्देश्यले छुट्टै ऐनअन्तर्गत सञ्चालन हुने विकास प्राधिकरणको अवधारणा अघि सारिएको उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापाको बाह्रदशी गाउँपालिका–२, जनता चोकमा हात्तीको आक्रमणबाट ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ। आक्रमणमा परी ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्।
रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

गोरखाको धार्चे गाउँपालिका–३, उहियामा ज्यान जोखिममा रहेकी २१ वर्षीया गर्भवती सुस्मि घलेलाई नेपाल रेडक्रसले हेलिकोप्टरमार्फत उद्धार गरेको छ।
राष्ट्रपतिको शुभकामना : दसैँले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ बनाओस्

राष्ट्रपतिको शुभकामना : दसैँले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ बनाओस्

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन्।
मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन्। आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी र स्थानीय स्रोतहरूले बताएका...