नेभिगेशन
समाज

राष्ट्रपतिको शुभकामना : दसैँले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ बनाओस्

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले दसैँको मौलिक सांस्कृतिक परम्पराले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

Ncell
Extreme Energy

विजया दशमीका दिन दुर्गा भवानीको पूजाअर्चना गरी गुरुपुरोहित तथा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उनको भनाइ छ। पूर्णिमासम्म दसैँ मनाउने र त्यसपछि कोजाग्रत पूर्णिमासम्म आफूभन्दा ठूला तथा मान्यजनका घरमा गएर टीका, जमरा र आशीर्वाद लिने चलन रहेको उनले बताएका छन्।

मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त रूपमा अभिव्यक्त हुने परम्पराले पनि दसैँको महत्त्व बढाएको राष्ट्रपति पौडेलको भनाइ छ।

उनले विजया दशमीले सम्पूर्ण नेपालीको सुख, शान्ति र कल्याणका साथै राष्ट्रको स्थायित्व, सुशासन, विकास र समृद्धिका लागि नवदुर्गा भवानीसँग प्रार्थनासमेत गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापाको बाह्रदशी गाउँपालिका–२, जनता चोकमा हात्तीको आक्रमणबाट ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ। आक्रमणमा परी ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्।
बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् परियोजना रोक्नुभन्दा प्राकृतिक जोखिमलाई ध्यानमा राखेर एकीकृत विकास योजनासहित अघि बढाउनुपर्ने बताएका छन्।
रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

गोरखाको धार्चे गाउँपालिका–३, उहियामा ज्यान जोखिममा रहेकी २१ वर्षीया गर्भवती सुस्मि घलेलाई नेपाल रेडक्रसले हेलिकोप्टरमार्फत उद्धार गरेको छ।
मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन्। आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी र स्थानीय स्रोतहरूले बताएका...