नेभिगेशन
समाज

केन्याली धर्मगुरु म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर

एजेन्सी। केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन्। अनुयायीहरूलाई येशूलाई भेट्न सकिने भन्दै भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा उनी दोषी ठहर भएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् २०२३ मा म्याकेन्जीका अनुयायी बस्ने क्षेत्रमा ४०० भन्दा बढी शव फेला परेका थिए।

Ncell
Extreme Energy

न्यायाधीश डायना काभेद्जाले गुड न्यूज इन्टरनेसनल चर्चका नेता म्याकेन्जीले अनुयायीहरूलाई मृत्युसम्म उपवास बस्न बाध्य पार्ने योजनाबद्ध प्रणाली सञ्चालन गरेको ठहर गरेकी छन्।

अदालतका अनुसार सुरुमा बालबालिकालाई भोकै बस्न लगाइएको थियो। खाना खान वा त्यहाँबाट भाग्न खोज्नेहरूलाई रोक्न सुरक्षाकर्मी खटाइएको थियो। उनीहरूलाई कुटपिटसमेत गरिएको थियो।

म्याकेन्जीले अनुयायीहरूलाई शिक्षा र स्वास्थ्य सेवाबाट टाढा रहन निर्देशन दिएका थिए। चिकित्सा उपचारलाई ‘शैतानको साधन’ का रूपमा प्रस्तुत गरिएको न्यायाधीशले बताएकी छन्।

सन् २०२३ मा केन्याको तटीय किलिफी काउन्टीस्थित साकाहोला जङ्गलका उथला चिहानबाट ४०० भन्दा बढी शव निकालिएका थिए। घटनापछि म्याकेन्जी र उनकी श्रीमतीसहित दर्जनौँ व्यक्तिमाथि अभियोग लगाइएको थियो। म्याकेन्जीले भने आफूमाथिका आरोप अस्वीकार गर्दै अनुयायीहरूलाई भोकै बस्न बाध्य नपारेको दाबी गरेका थिए।

घटनामा आमा, दाइ र दुई भतिजा गुमाएका विलियम पोन्डा न्गालाले फैसलाले राहत दिएको बताएका छन्। यसले भविष्यमा धार्मिक नेताबाट हुने अनुयायीको शोषण रोक्न सन्देश दिने आशा उनले व्यक्त गरेका छन्।

सन् २०२५ को अप्रिलमा पुनरावेदन अदालतले म्याकेन्जी र सहअभियुक्तहरूविरुद्ध १९१ वटा हत्या अभियोग अघि बढाउन अनुमति दिएको थियो। यसअघि उच्च अदालतले अभियोग १२ वटामा सीमित गर्न निर्देशन दिएको भए पनि पुनरावेदन अदालतले कानूनले अभियोगको सङ्ख्या नतोकेको ठहर गरेको थियो।

म्याकेन्जीको सजाय निर्धारणसम्बन्धी सुनुवाइ अक्टोबर ३० मा हुने र सजाय नोभेम्बर ६ मा सुनाइने तय भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापाको बाह्रदशी गाउँपालिका–२, जनता चोकमा हात्तीको आक्रमणबाट ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ। आक्रमणमा परी ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्।
बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् परियोजना रोक्नुभन्दा प्राकृतिक जोखिमलाई ध्यानमा राखेर एकीकृत विकास योजनासहित अघि बढाउनुपर्ने बताएका छन्।
रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

गोरखाको धार्चे गाउँपालिका–३, उहियामा ज्यान जोखिममा रहेकी २१ वर्षीया गर्भवती सुस्मि घलेलाई नेपाल रेडक्रसले हेलिकोप्टरमार्फत उद्धार गरेको छ।
राष्ट्रपतिको शुभकामना : दसैँले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ बनाओस्

राष्ट्रपतिको शुभकामना : दसैँले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ बनाओस्

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन्।