नेभिगेशन
समाज

दशैँमा मौसम सफा रहने, अर्को साता वर्षाको सम्भावना

काठमाडौं। दशैँभरि मौसम सामान्यतया राम्रो रहने देखिए पनि अर्को साता नेपालमा वर्षाको सम्भावना बढेको छ। बंगालको खाडीमा न्यूनचापीय प्रणाली विकसित हुन सक्ने र त्यसको प्रभाव नेपालसम्म आइपुग्न सक्ने विभिन्न मौसम पूर्वानुमान मोडेलले संकेत गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसमसम्बन्धी अपडेट दिँदै मौसमविद् विनोद पोखरेलले कात्तिक ११ देखि १५ गतेसम्म वर्षाको सम्भावना देखिएको बताएका छन्। उनका अनुसार उक्त प्रणालीको प्रभाव सुरु हुने समय, वर्षाको मात्रा र प्रभावित हुने क्षेत्रबारे भने अझै निश्चित भइसकेको छैन।

Ncell
Extreme Energy

पूर्वानुमानअनुसार केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेकाले आगामी दिनका मौसम अपडेटमा ध्यान दिनुपर्ने उनले बताएका छन्।

विशेषगरी हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको नियमित जानकारी लिन र आधिकारिक सूचनामा ध्यान दिन उनले सुझाव दिएका छन्। त्यस्तै, धान भित्र्याउने तयारीमा रहेका किसानलाई स्थानीय मौसमको अवस्था हेरेर सम्भव भएसम्म अर्को साताको बुधबारअघि नै बाली भित्र्याउने योजना बनाउन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले अहिले देखिएको सम्भावनालाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी बाढी प्रभावित नागरिकसम्म राहत तथा सेवा सुविधा नपुगे आफूहरूलाई जानकारी गराउन आग्रह गरेका छन्।
प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

इक्वेडरको गुयाकिल सहरमा प्रार्थना सभा प्रत्यक्ष प्रसारण भइरहेका बेला भित्तामा झुन्ड्याइएको ठूलो काठको क्रस खसेर लाग्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ।
आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा...