नेभिगेशन
समाज

बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी बाढी प्रभावित नागरिकसम्म राहत तथा सेवा सुविधा नपुगे आफूहरूलाई जानकारी गराउन आग्रह गरेका छन्। छुटेका नागरिकसम्म तत्काल सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै उनले विपद्का बेला सरकार नागरिककै साथमा रहेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुरुङले गोरखाको आरुघाटस्थित बूढीगण्डकी बाढीले क्षति पुर्‍याएको पक्की पुलमा बेलिब्रिज जडानको काम पूर्ण रुपमा सकिएको र पुल पुनः सञ्चालनमा आएको बताएका छन्।
हाल मोटरसाइकल तथा सर्वसाधारणको आवतजावत सुरु भइसकेको र बुधबारदेखि अन्य सवारीसाधन पनि पूर्ण रूपमा सञ्चालनमा आउने उनले जानकारी दिएका छन्।

Ncell
Extreme Energy

दसैँको मुखमा पुल क्षतिग्रस्त हुँदा परिवारसँग भेटघाट गर्न आवतजावतमा समस्या हुने चिन्ता बढेको थियो। बेलिब्रिज जडानपछि स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दशैँमा मौसम सफा रहने, अर्को साता वर्षाको सम्भावना

दशैँमा मौसम सफा रहने, अर्को साता वर्षाको सम्भावना

दशैँभरि मौसम सामान्यतया राम्रो रहने देखिए पनि अर्को साता नेपालमा वर्षाको सम्भावना बढेको छ।
प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

इक्वेडरको गुयाकिल सहरमा प्रार्थना सभा प्रत्यक्ष प्रसारण भइरहेका बेला भित्तामा झुन्ड्याइएको ठूलो काठको क्रस खसेर लाग्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ।
आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा...