नेभिगेशन
समाज

प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

एजेन्सी। इक्वेडरको गुयाकिल सहरमा प्रार्थना सभा प्रत्यक्ष प्रसारण भइरहेका बेला भित्तामा झुन्ड्याइएको ठूलो काठको क्रस खसेर लाग्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार, अक्टोबर १७ मा भएको दुर्घटनामा आवर लेडी अफ पर्पेच्युअल हेल्प चर्चका पादरी पेट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारीको मृत्यु भएको हो। गुयाकिलको आर्कडायोसेसले उनको निधन पुष्टि गरेको छ।

Ncell
Extreme Energy

समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार प्रार्थना सभा प्रत्यक्ष प्रसारण भइरहेका बेला वेदी पछाडिको भित्तामा झुन्ड्याइएको भारी क्रस खसेर पादरीको टाउकोमा लागेको थियो। क्रस खस्दा उनी सभामा सहभागी भक्तजनतर्फ फर्किएका थिए र पछाडिबाट क्रस खस्दै गरेको देखेका थिएनन्।

एनबीसी न्युजका अनुसार घटनाको भिडिओमा क्रसले लागेपछि पादरी ढलेको र सहभागीहरू चिच्याउँदै उनलाई सहयोग गर्न दौडिएको देखिन्छ। घटनापछि प्रत्यक्ष प्रसारणको भिडिओ हटाइएको थियो।

दुर्घटनाअघि सान्चेजले आफ्नो प्रवचनमा जीवनको क्षणभंगुरता, ईश्वरप्रतिको आस्था र परिवारलाई समय दिनुको महत्त्वबारे बोलेका थिए। ‘द इकोनोमिक टाइम्स’ का अनुसार उनले ‘एक दिन हामी सबै मर्नेछौँ’ भन्दै जीवनमा समयको सदुपयोग गर्न र ईश्वर तथा परिवारका लागि समय छुट्याउन आग्रह गरेका थिए।

सान्चेज ‘कंग्रिगेसन अफ द मोस्ट होली रिडिमर’ नामक क्याथोलिक धार्मिक समुदायका सदस्य थिए। सन् १७३२ मा स्थापना भएको यो समुदायलाई रेडेम्प्टोरिस्ट्सका नामले पनि चिनिन्छ। उनले यसअघि इक्वेडरकै लस रिओस प्रान्तस्थित सान लोरेन्जो डे भिन्सेस चर्चमा पनि सेवा गरेका थिए।

क्रस कसरी खस्यो भन्नेबारे अहिलेसम्म आधिकारिक कारण सार्वजनिक भएको छैन। एपीका अनुसार स्थानीय अधिकारीहरूले घटनाबारे सार्वजनिक प्रतिक्रिया दिएका थिएनन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी बाढी प्रभावित नागरिकसम्म राहत तथा सेवा सुविधा नपुगे आफूहरूलाई जानकारी गराउन आग्रह गरेका छन्।
आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा...
अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक तीन महिनापछि सञ्चालनमा

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक तीन महिनापछि सञ्चालनमा

नेपाली सेनाको सहयोगमा अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ।