नेभिगेशन
समाज

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक तीन महिनापछि सञ्चालनमा

सङ्खुवासभा । नेपाली सेनाको सहयोगमा अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। ठूला चट्टानसहितको पहिरो खसेपछि गत साउनदेखि अवरुद्ध सडक तीन महिनापछि खुलेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल–चीन जोड्ने महत्त्वपूर्ण सडक खण्डअन्तर्गत भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको थियो। खाँदबारीबाट करिब १४१ किलोमिटर र किमाथाङ्काबाट करिब २१ किलोमिटर दूरीमा रहेको उक्त स्थानको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो।

Ncell
Extreme Energy

आयोजनाको आग्रहअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली खटिएको थियो। श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रमा पर्ने उक्त स्थानमा सेनाले विस्फोटन (ब्लास्टिङ) मार्फत ठूला चट्टानलाई टुक्र्याएको थियो। त्यसपछि आयोजनाले चट्टान हटाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले बताए।

उनका अनुसार पहिरोमा खसेका विशाल चट्टान सामान्य उपकरणले हटाउन सम्भव नभएपछि विस्फोटक पदार्थसमेत प्रयोग गर्नुपरेको थियो।

“भोटखोला–२ स्थित छुम्सुरमा ठूला चट्टानसहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो। चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो,” आयोजना प्रमुख गुरुङले भने।

सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक आवागमन, सामान ढुवानी तथा जनजीवन प्रभावित भएको थियो। सडक पुनः सञ्चालनमा आएपछि उत्तरी सीमावर्ती क्षेत्रसम्मको पहुँच सहज हुने र व्यापारिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्राकृतिक विपद् तथा सडक अवरोधका कारण नेपाल–चीन व्यापारका प्रमुख नाका रसुवागढी, तातोपानी र कोरला नाकामा समेत आवागमन तथा पारवहन प्रभावित भइरहेका बेला किमाथाङ्का सडक सञ्चालनमा आउनुलाई महत्त्वपूर्ण मानिएको छ।

सडक आयोजनाका अनुसार अन्य खण्डमा नियमित मर्मतसम्भार गरी यातायात सञ्चालन भइरहेको छ। कोशी क्षेत्रको सडक सञ्जाललाई उत्तरी सीमावर्ती क्षेत्रसम्म जोड्ने रणनीतिक महत्त्वको यो सडकमा वर्षायाममा पहिरो तथा चट्टान खस्ने जोखिमले यातायात सञ्चालनमा चुनौती थपिँदै आएको छ।

भौगोलिक रूपमा विकट र कडा चट्टान भएको यस सडकखण्डको कुल १६२ किलोमिटरमध्ये १०.८ किलोमिटर निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो। सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरी सडक निर्माण सम्पन्न गरेपछि गत वैशाखमा हस्तान्तरण गरेको थियो।

किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालनमा आएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरका बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी बाढी प्रभावित नागरिकसम्म राहत तथा सेवा सुविधा नपुगे आफूहरूलाई जानकारी गराउन आग्रह गरेका छन्।
प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

इक्वेडरको गुयाकिल सहरमा प्रार्थना सभा प्रत्यक्ष प्रसारण भइरहेका बेला भित्तामा झुन्ड्याइएको ठूलो काठको क्रस खसेर लाग्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ।
आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा...