नेभिगेशन
समाज

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, उद्घाटनको निश्चित मिति भने सार्वजनिक भएको छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, प्राविधिक समस्या तथा निर्माण प्रक्रियामा देखिएका जटिलताका कारण निर्धारित समयमा काम सम्पन्न हुन सकेन।

Ncell
Extreme Energy

पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ। यसले विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई सडक वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ। व्यस्त चक्रपथमा पैदलयात्रीलाई सडक वारपार गर्न सहज बनाउनुका साथै दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले पुल निर्माण गरिएको हो। लिफ्टसहितको संरचनाका कारण पनि यो पुलले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ। निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यस क्षेत्रका पैदलयात्रीलाई सडक वारपार गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

Sky-bridge_Kusunti-(6)-1792909994.JPG

Sky-bridge_Kusunti-(7)-1792909994.JPG

Sky-bridge_Kusunti-(4)-1792909993.JPG

Sky-bridge_Kusunti-(5)-1792909993.JPG

Sky-bridge_Kusunti-(2)-1792909992.JPG

Sky-bridge_Kusunti-(3)-1792909992.JPG

Sky-bridge_Kusunti-(14)-1792909991.JPG

Sky-bridge_Kusunti-(1)-1792909991.JPG

Sky-bridge_Kusunti-(12)-1792909990.JPG

Sky-bridge_Kusunti-(13)-1792909990.JPG

Sky-bridge_Kusunti-(11)-1792909989.JPG

Sky-bridge_Kusunti-(10)-1792909989.JPG

Sky-bridge_Kusunti-(8)-1792909988.JPG

Sky-bridge_Kusunti-(9)-1792909988.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...

भर्खरै