नेभिगेशन
समाज

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

काठमाडौँ । विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिले पोलियो रोगविरुद्ध जनचेतना बढाउने उद्देश्यले मेगा साइकल र्‍याली आयोजना गरेको हो । 

Ncell
Extreme Energy

‘इन्ड पोलियो नाउ’ अर्थात् ‘पोलियो अन्त्य गरौँ’ भन्ने नारासहित भएको र्‍यालीमा विभिन्न रोटरी क्लबका सदस्य, साइकल यात्री तथा अन्य सहभागीहरू जोडिएका थिए ।

भक्तपुर दरबार स्क्वायरबाट बिहान सुरु भएको र्‍याली चाँगुनारायण, बौद्ध, पशुपतिनाथ, स्वयम्भू र हनुमानढोका दरबार स्क्वायर हुँदै ललितपुरको पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो । र्‍यालीले काठमाडौं उपत्यकाका सातवटा युनेस्को विश्व सम्पदा स्थललाई समेटेको थियो ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनसँगै बालबालिकालाई पोलियोबाट जोगाउन नियमित खोपको महत्त्वबारे सन्देश दिन र्‍याली आयोजना गरिएको आयोजकले जनाएको छ ।
र्‍यालीको उद्घाटन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्की, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकाललगायत विभिन्न रोटरी क्लबका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो । त्यसैगरी रोटरी क्लब आफ आरसी भक्तपुरले कार्यक्रम आयोजना गरेको थियो । क्लबका अध्यक्ष दशरथ प्रजापतिले यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बालबालिकालाई रोगबाट सुरक्षित राख्न नियमित खोप र जनचेतनाको महत्त्व रहेको बताउनुभयो ।

“बालबालिकाको स्वास्थ्य सुरक्षित राख्नु परिवारको मात्र नभई सिंगो समाजको जिम्मेवारी हो, पोलियोजस्तो रोगबाट बच्न नियमित खोप आवश्यक छ । यस्ता अभियानले स्वास्थ्यसम्बन्धी सन्देश समुदायसम्म पुर्‍याउन सहयोग गर्छन्” प्रजापतिले भन्नुभयो ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्कीले पोलियो उन्मूलनका लागि निरन्तर जनचेतना र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकालले पोलियोबारे जनचेतना फैलाउन समाजका सबै पुस्ताको सहभागिता आवश्यक रहेको बताउनुभयो । 

हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसले पोलियो रोगको विश्वव्यापी उन्मूलनका लागि भइरहेका प्रयासलाई बलियो बनाउने उद्देश्य राख्छ । यस अवसरमा नियमित खोपको महत्त्व, रोगबारे जनचेतना र बालबालिकाको स्वास्थ्य सुरक्षामा जोड दिने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

तेहरानकाे व्यस्त तजरिश स्क्वायरमा एक कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेका छन् । याे भिडिओ सरकारले नै बनाएर प्रदर्शनमा राखेकाे...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
बङ्गालको खाडीमा विकसित हुँदै गरेको प्रणालीले नेपालमा वर्षा र हिमपात गराउने सम्भावना

बङ्गालको खाडीमा विकसित हुँदै गरेको प्रणालीले नेपालमा वर्षा र हिमपात गराउने सम्भावना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले उक्त अवधिमा धान काट्ने तथा दशैंपछि आफ्नो कार्यस्थल फर्किने योजना बनाएकाहरूलाई मौसमको अवस्था हेरेर योजना बनाउन सुझाव दिएका...
शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११...