नेभिगेशन
समाज

एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मको १० लाख रुपैयाँको बम्पर उपहारसहित १६ जना पाक्षिक विजेता घोषणा गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गरेका हुन्।

Ncell
Extreme Energy

आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुपन नम्बर ०८१६३२५१५८४९ ले १० लाख रुपैयाँको बम्पर उपहार जितेको छ।

WhatsApp-Image-2026-10-18-at-13.48.56-1792310691.jpeg
 

त्यसैगरी, पाक्षिक उपहारतर्फ १६ वटा कुपन नम्बर विजेता बनेका छन्। उनीहरूले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन्।

विजेता कुपन नम्बरहरू यसप्रकार छन् :

०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४, ०९०५७४८२३८५०, ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०८९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९ र ०८३६८९६७६१५३।

सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिलबिजक लिने र दिने संस्कृतिको विकास गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा एक सय रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन सक्ने व्यवस्था छ। यस कार्यक्रमले उपभोक्तालाई खरिदको बिल लिन प्रोत्साहित गर्नुका साथै कर प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ।

WhatsApp-Image-2026-10-18-at-13.49.14-1792310681.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरान–पाकिस्तान सीमा आवागमन र व्यापार अस्थायी रूपमा बन्द

इरान–पाकिस्तान सीमा आवागमन र व्यापार अस्थायी रूपमा बन्द

प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको सीमापार आवागमन तथा व्यापार अस्थायी रूपमा रोकिएको छ। दुवै देशका अधिकारीहरू सीमा नाका चाँडै सञ्चालनमा ल्याउन छलफलमा जुटेका छन्।
आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको क्षतिग्रस्त खण्डमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। भोलिसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताएका छन्।
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

कुनै समय दसैँ नजिकिएसँगै लमजुङका गाउँबस्ती रातो माटो र कमेरोले रङ्गिन्थे। घरका भित्ता पोत्ने, ढोका–झ्याल रङ्गाउने र बाटोघाटो सफा गर्ने चटारो हुन्थ्यो।
सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।