नेभिगेशन
समाज

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

नारायणगढ । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन् ।
 
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका हुन् । नागरिकता प्राप्त गर्नेमा जिल्ला प्रशासन कार्यालयबाट एक हजार ४१८ महिला र एक हजार ४०६ पुरुष तथा माडीबाट १२२ महिला र ११६ पुरुष रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


 
यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १५ महिलाले वैवाहिक अङ्गीकृत र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । अङ्गीकृत नागरिकता प्राप्त गर्नेमा सात महिला र चार पुरुष छन् । यस्तै, ३१ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । गैरआवासीय नागरिकता प्राप्त गर्नेमा नौ महिला र २२ पुरुष रहेका छन् ।

Ncell
Extreme Energy


 
जिल्ला प्रशासन कार्यालयबाट तीन महिनाको अवधिमा छ हजार ११६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । प्रतिलिपि लिनेमा दुई हजार ९८७ महिला, तीन हजार १२८ पुरुष र एक अन्य रहेका छन् । इलाका प्रशासन कार्यालय माडीबाट पनि ६५० नागरिकताको प्रतिलिपि जारी गरिएको छ । तीमध्ये ३२३ महिला र ३२७ पुरुष छन् ।
 
यसैगरी, जिल्ला प्रशासन कार्यालयबाट २८ जनाले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा १० महिला र १८ पुरुष छन् भने चार जनाको नागरिकता रद्द गरिएको छ ।
 
जिल्ला प्रशासन कार्यालयबाट ११ हजार ९९७ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने चार हजार ३७० वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । राहदानीका लागि पाँच हजार ८५२ जनाको सिफारिस गरिएको र चार हजार २४३ वटा राहदानी वितरण गरिएको सूचना अधिकारी विकले जानकारी दिनुभयो ।
 


यस अवधिमा ३२६ जनाको नाबालक परिचयपत्रका लागि नयाँ दर्ता गरिएको छ भने ११ वटा प्रतिलिपि जारी गरिएको छ । कार्यालयबाट ३१६ वटा जातीय प्रमाणित, ३१७ वटा भारतीय पेन्सन सिफारिस, १२५ वटा व्यक्ति प्रमाणित र एक हजार ११४ वटा अन्य सिफारिससम्बन्धी कामसमेत भएका छन् ।
 
यता, इलाका प्रशासन कार्यालय माडीबाट असोज मसान्तसम्म एक हजार २५५ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ७४८ वटा परिचयपत्र वितरण गरिएको छ । सोही अवधिमा १० वटा नाबालक परिचयपत्रका लागि नयाँ दर्ता र २३ वटा जातीय प्रमाणितसम्बन्धी काम भएका छन् । माडीबाट एक महिलाले वैवाहिक अङ्गीकृत र एक जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् ।
(((

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...