नेभिगेशन
समाज

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

काठमाडौं । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले शनिबार बिहान ललितपुरको नख्खुस्थित बागडोलमा रहेको श्रेष्ठको घरबाट उनलाई पक्राउ गरेको थियो । पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठ सम्बद्ध जनआस्था अनलाइनमा समाचार प्रकाशित भएपछि त्यसप्रति आपत्ति जनाउँदै प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका थिए ।

Marvel
Extreme Energy

ब्युरो स्रोतका अनुसार श्रेष्ठ र पन्तबीच करिब तीन घण्टा छलफल भएको थियो । छलफलपछि दुवै पक्षबीच मिलापत्र कागज गरेर श्रेष्ठलाई घर जान अनुमति दिइएको हो ।।

जनआस्थाका अध्यक्ष श्रेष्ठ पक्राउ परेको घटनाप्रति पत्रकारिता क्षेत्रको चासो बढिरहेका बेला नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले यसलाई पत्रकारितामा नयाँ नजिरका रूपमा टिप्पणी गरेका छन् ।

‘पत्रकारितामा नयाँ नजिर । हिमेश पन्त जनआस्थाको समाचारको विषयमा प्रेस काउन्सिल जाने । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरोबाट घर पठाएर हामी छुट्टियौँ,’ दाहालले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

नियुक्त भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैं अस्पताल भर्ना भएका छन्।