नेभिगेशन
समाज

सहकारीको रकम फिर्ता गर्न तयार छु, पक्राउ नै समाधान होइन : जीबी राई

काठमाडौं । गोरखा मिडिया नेटवर्कका अध्यक्ष तथा सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईले बचतकर्ताको रकम फिर्ता गर्न आफू तयार रहेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरालाई पठाएको विज्ञप्तिमा राईले आफूलाई पक्राउ गर्दैमा लाखौँ बचतकर्ताको अर्बौँ रुपैयाँ फिर्ता नआउने बताएका छन्। उनले निश्चित समयभित्र विभिन्न वैकल्पिक उपाय अपनाएर बचतकर्ताको रकम व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

Ncell
Extreme Energy

‘के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो? यदि यही नै समाधान हो भने कसैले खोज्नुपर्ने आवश्यकता छैन, म आफैँ उपस्थित हुन्छु र तोकिएको प्रक्रिया स्वीकार गर्न तयार छु,’ राईले विज्ञप्तिमा भनेका छन्, ‘तर, के यसो गर्दा लाखौँ बचतकर्ताको अर्बौँ रकम फिर्ता आउँछ? पक्कै पनि आउँदैन।’

उनले बचतकर्ताको रकम फिर्ता गर्ने विषयलाई आफ्नो जिम्मेवारी, नैतिक दायित्व र जीवनसँग जोडिएको विषय भएको उल्लेख गरेका छन्। साथीभाइ, आफन्त तथा शुभेच्छुकबाट केही जग्गाजमिनको व्यवस्थापन गरेको दाबी गर्दै उनले आवश्यक परे त्यही सम्पत्ति वा अन्य विकल्प प्रयोग गरेर बचतकर्ताको रकम सुरक्षित गर्न प्रयास गर्ने बताएका छन्।

राईले आफू ओखलढुंगाको सामान्य राई परिवारमा जन्मिएको किसानको छोरो भएको उल्लेख गर्दै आफूले जीवनभर लुकेर भागेर हिँड्न नचाहेको बताएका छन्। आर्थिक अपराधसँग जोडिएर जीवनभर जेल बस्न नचाहेको उल्लेख गर्दै उनले राज्यले चाहेमा समस्या समाधान हुन सक्ने दाबी गरेका छन्।

ग्यालेक्सी टिभीको रकमको जिम्मेवारी आफूले लिने दाबी

राईले ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी आफूले लिने बताएका छन्। गोरखा मिडिया नेटवर्कको अध्यक्षको हैसियतले आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै उनले यसमा अन्य सञ्चालकको संलग्नता नरहेको दाबी गरेका छन्।

‘ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी अध्यक्षको हैसियतले मेरो नै जिम्मेवारीभित्र पर्छ,’ उनले भनेका छन्, ‘गोरखा मिडिया नेटवर्क मेरो हो, म सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि मेरो हो, अरू कसैको होइन, समाधानको जिम्मेवारी पनि मेरो हो।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीलाई यस विषयसँग जोड्नु उचित नभएको जिकिर गरेका छन्। कर्मचारी वा अन्य व्यक्तिको नाम तथा कागजात अभिलेख राख्ने क्रममा दुरुपयोग भएको हुन सक्ने भन्दै उनले त्यस विषयमा अरूलाई अनावश्यक रूपमा जोड्न नहुने उनको भनाइ छ।

सहकारीसँग सम्बन्धित पूर्व तथा वर्तमान सञ्चालक, कर्मचारी र शुभचिन्तकहरू आफूले नगरेको कामका कारण पीडित भएको भए उनीहरूसँग राईले क्षमायाचना पनि गरेका छन्।

सरकारसँग सहकार्यको प्रस्ताव

राईले वर्तमान सरकारले बचतकर्ताको रकम सुरक्षित गर्न अघि बढाएका पहललाई सकारात्मक भनेका छन्। तर, विगतमा राज्यबाट सहयोग पाउनुको सट्टा बचतकर्तालाई मुद्दा हाल्न प्रेरित गरिएको र विभिन्न शीर्षकमा मुद्दा दर्ता गरिएको उनको आरोप छ।

आफूलाई ज्यान मार्ने धम्कीसम्म आएपछि भूमिगत हुनुपरेको दाबी गर्दै उनले आफ्नो व्यवहार र कारोबार राज्यको ज्यादतीका कारण बिग्रिएको जिकिर गरेका छन्।

उनले वास्तविक रूपमा जिम्मेवार व्यक्तिको पहिचान गरी निर्दोष व्यक्तिहरू अन्यायमा नपर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। आर्थिक मुद्दामा फरार रहेका व्यक्तिलाई थुन्नेभन्दा समस्या समाधान गर्ने योजना ल्याउन सके आफूजस्ता धेरै व्यक्ति स्वदेश फर्किन चाहने उनको दाबी छ।

‘म सरकारको सकारात्मक घोषणाको प्रतीक्षामा छु,’ उनले विज्ञप्तिमा भनेका छन्।

राईले आफू बचतकर्ताको रकम फिर्ता गर्ने प्रयासमा अन्तिम क्षणसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत...
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...
ग्यालेक्सी टिभीमा सहकारीबाट गएका रकमका विषयमा रवि लामिछानेलाई जोड्न उचित छैनः जीबी राई

ग्यालेक्सी टिभीमा सहकारीबाट गएका रकमका विषयमा रवि लामिछानेलाई जोड्न उचित छैनः जीबी राई

जीबी राईले ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी आफूले लिने बताएका छन्। गोरखा मिडिया नेटवर्कको अध्यक्षको हैसियतले आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै उनले यसमा...