नेभिगेशन
समाज

बङ्गालको खाडीमा विकसित हुँदै गरेको प्रणालीले नेपालमा वर्षा र हिमपात गराउने सम्भावना

यात्रा र धान काट्ने योजना प्रभावित हुन सक्ने

काठमाडौं । बङ्गालको खाडीमा विकसित हुँदै गरेको मौसमी प्रणालीका कारण आगामी बिहीबारदेखि शनिबारसम्म नेपालको पूर्वी तथा मध्य भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले उक्त अवधिमा धान काट्ने तथा दशैंपछि आफ्नो कार्यस्थल फर्किने योजना बनाएकाहरूलाई मौसमको अवस्था हेरेर योजना बनाउन सुझाव दिएका छन् ।
उप्रेतीका अनुसार बङ्गालको खाडीमा विकसित हुन लागेको प्रणाली भारतको ओडिसा र बिहार हुँदै नेपालतर्फ आउने सम्भावना छ । उक्त प्रणालीको प्रभावले पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

Ncell
Extreme Energy

उनले आगामी बिहीबार, शुक्रबार र शनिबार धान काट्ने योजना बनाएका किसानलाई मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर आवश्यक तयारी गर्न सुझाव दिएका छन् । वर्षाको सम्भावना रहेकाले धान काट्ने र भित्र्याउने काम प्रभावित हुन सक्ने उनको भनाइ छ ।

त्यस्तै, दशैंपछि कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई पनि शुक्रबार र शनिबारको यात्रा मौसमको अवस्था हेरेर तय गर्न सुझाव दिइएको छ । उच्च हिमाली क्षेत्रमा पदयात्राको योजना बनाएकाहरूलाई समेत सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसअघि मौसमविद् विनोद पोखरेलको विश्लेषण तथा नेपाल मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानले पनि लुम्बिनीदेखि पूर्वका भूभागमा वर्षाको सम्भावना औंल्याएका थिए।


सम्भावित मौसमी प्रणालीको प्रभाव र त्यसको तीव्रताबारे यकिन जानकारीका लागि मौसम विज्ञान विभागका पछिल्ला आधिकारिक बुलेटिन तथा सूचनालाई ध्यान दिन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

तेहरानकाे व्यस्त तजरिश स्क्वायरमा एक कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेका छन् । याे भिडिओ सरकारले नै बनाएर प्रदर्शनमा राखेकाे...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११...
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

भक्तपुर दरबार स्क्वायरबाट बिहान सुरु भएको र्‍याली चाँगुनारायण, बौद्ध, पशुपतिनाथ, स्वयम्भू र हनुमानढोका दरबार स्क्वायर हुँदै ललितपुरको पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो । र्‍यालीले काठमाडौं उपत्यकाका...