नेभिगेशन
क्रिकेट

चितवनसँग ८ रनले हार्‍यो विराटनगर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले रोमाञ्चक जित हात पारेको छ । प्रतिस्पर्धात्मक खेलमा चितवनले विराटनगर किङ्समाथि ८ रनको जित निकाल्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको चितवनले विराटनगरलाई १५८ रनको लक्ष्य दिएको थियो । १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो ।

Extreme Energy

इमरान शेखले ३९ तथा आन्द्रे रसेलले ३३ रन जोडे । १७ बल खेलेका रसेलले ४ छक्का र १ चौका प्रहार गरे । यस्तै, लोकेश बमले २६, बसिर अहमदले १३ रन जोडे ।

बलिङतर्फ चितवनका कमल सिंह ऐरी एक्लैले चार विकेट लिए । यस्तै, रिजन ढकालले दुई तथा टम टेलर, डान मोस्ली, मौसम ढकाल र रन्जित कुमारले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन जोडेको थियो । 

चितवनका लागि डेविड मलानले अर्धशतक बनाउँदै ७० रनको योगदान दिए । उनले ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै, रवि बोपारा ३२ तथा डान मोस्ली २९ रनमा अविजित रहे । देव खनालले १२ रन जोडे ।

बलिङतर्फ विराटनगरका एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
देशभर संवाद अभियान चलाउने थापाको घोषणा

देशभर संवाद अभियान चलाउने थापाको घोषणा

सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन् ।
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...