नेभिगेशन
समाज

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! (तस्बिरहरू)

काठमाडौँ । दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म चल्छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चोक्टे नारायण जात्राका नामले समेत चिनिने यस पर्वमा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीक रहेका तीनवटा खट निकालेर विभिन्न टोल परिक्रमा गराइन्छ ।
 
यस जात्राको मुख्य विशेषता नै खटको अनौठो बनावट र परिक्रमा गर्ने शैली हो। अन्य जात्रामा देवताको मूर्ति माथि र गजुर तल हुने चलन भएपनि हाँडीगाउँको जात्रामा गजुर तल र देवताको मूर्ति माथि राखिन्छ । बाँस तथा काठको सहायताले बनाइएका खटलाई विशेष विधिबाट घुमाउँदै परिक्रमा गराइने भएकाले यो जात्रा अरूभन्दा फरक देखिन्छ।

Extreme Energy

माथिल्लो ठटाल टोलबाट ब्रह्माको, बीचको न्याल्म टोलबाट विष्णु (नारायण)को र तल्लो कोटालटोलबाट महेश्वरको खट निकाल्ने परम्परा छ। तीनवटै खटको दर्शन तथा पूजाआराधना गर्न स्थानीय बासिन्दासहित भक्तजनको सहभागिता रहने गरेको छ ।

यस जात्रामा खट सजाउन मैनबाट बनाइएका फूल प्रयोग गरिनु अर्को विशेषता हो। खट घुमाउने क्रममा झर्ने फूल टिप्नसमेत मानिसहरू उत्साहित हुन्छन् ।

प्रचलित किंवदन्तीअनुसार एउटी महिला गर्भवती भए पनि १२ वर्षसम्म सुत्केरी हुन नसकेपछि नारायणको आराधना गर्न पुगेकी थिइन्। नारायणलाई प्रसन्न पार्न अन्यत्र नभएको जात्रा देखाउने वाचा गरेपछि उनको मनोकामना पूरा भएको र त्यसैको सम्झनामा जात्रा सुरु भएको विश्वास गरिन्छ।

तस्बिर– सुर्याम्स उप्रेती,नेपाल फोटो लाइब्रेरी

Handigau-Mela_NPL_SuryamsUpreti-(30)-1793097759.jpeg

Chokkathunarayan-Handigau-Mela_NPL_SuryamsUpreti-(28)-1793097756.jpeg

Chokkathunarayan-Handigau-Mela_NPL_SuryamsUpreti-(32)-1793097756.jpeg

Chokkathunarayan-Handigau-Mela_NPL_SuryamsUpreti-(26)-1793097752.jpeg

Chokkathunarayan-Handigau-Mela_NPL_SuryamsUpreti-(25)-1793097752.jpeg

Chokkathunarayan-Handigau-Mela_NPL_SuryamsUpreti-(23)-1793097748.jpeg

Chokkathunarayan-Handigau-Mela_NPL_SuryamsUpreti-(24)-1793097748.jpeg

Chokkathunarayan-Handigau-Mela_NPL_SuryamsUpreti-(16)-1793097747.jpeg

Chokkathunarayan-Handigau-Mela_NPL_SuryamsUpreti-(21)-1793097747.jpeg

Chokkathunarayan-Handigau-Mela_NPL_SuryamsUpreti-(12)-1793097745.jpeg

Chokkathunarayan-Handigau-Mela_NPL_SuryamsUpreti-(13)-1793097745.jpeg

Chokkathunarayan-Handigau-Mela_NPL_SuryamsUpreti-(10)-1793097743.jpeg

Chokkathunarayan-Handigau-Mela_NPL_SuryamsUpreti-(8)-1793097743.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर संवाद अभियान चलाउने थापाको घोषणा

देशभर संवाद अभियान चलाउने थापाको घोषणा

सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन् ।
चितवनसँग ८ रनले हार्‍यो विराटनगर

चितवनसँग ८ रनले हार्‍यो विराटनगर

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...