नेभिगेशन
कर्पाोरेट

क्रिकेट हेर्न ९ शहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणका खेल प्रत्यक्ष प्रसारणमार्फत देखाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका नौ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कम्पनीका अनुसार कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने फ्यान जोनमा ठूला एलईडी स्क्रिनमार्फत एनपीएलका खेल प्रत्यक्ष प्रसारण गरिनेछ। फ्यान जोनमा प्रवेश निःशुल्क हुनेछ।

Extreme Energy

काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दोस्रो नम्बर गेटअगाडिको मैदानमा फ्यान जोन सञ्चालन गरिने कम्पनीले जनाएको छ।

त्यस्तै, धनगढीको कभर्ड हल क्षेत्र, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसरमा पनि फ्यान जोन रहनेछन्।

मधेश प्रदेशको जनकपुरस्थित बाह्रबिघा चौर र विराटनगरको पुरानो गुद्री मैदानमा समेत फ्यान जोन सञ्चालन गरिने कम्पनीले जनाएको छ।

फ्यान जोनमा खेलको प्रत्यक्ष प्रसारणसँगै सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधि आयोजना गरिनेछन्। दर्शकका लागि खेलकुद गतिविधि र गिभअवे कार्यक्रममार्फत उपहार प्राप्त गर्ने अवसरसमेत उपलब्ध गराइने कम्पनीको भनाइ छ।

एनपीएलका खेल रंगशालामा पुगेर हेर्न नसक्ने दर्शकलाई आफ्नै सहरमा सामूहिक रूपमा खेल हेर्ने अवसर उपलब्ध गराउने उद्देश्यले फ्यान जोन सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर लगाएतको उपस्थीति हुने महागरले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...
एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै...