नेभिगेशन
समाज

लगातार पानी परिरहेकोबारे के भन्छ मौसम विभाग?

काठमाडौँ । चक्रवात ‘अर्नब’को अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणाली हाल पश्चिम नेपाल नजिक रहेको छ । यसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ ।

Marvel

त्यस्तै, मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बिहान ९ः३० बजे जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार अपराह्नसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

अपराह्नपछि भने वर्षा र हिमपात क्रमशः कम हुँदै मौसममा सुधार आउने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार सूचना अद्यावधिक गर्ने जनाएको छ । साथै मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि विभागबाट जारी हुने सूचना नियमित रूपमा हेर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।
रास्वपा सचिवालय बैठक सुरु

रास्वपा सचिवालय बैठक सुरु

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

अविरल वर्षाका कारण अवरुद्ध विभिन्न राष्ट्रिय राजमार्ग खुलाउन आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् ।
नाइजेरियामा दुई सैन्य अखडामा आक्रमण विफल पारेको र ४८ लडाकु मारेको सेनाको दाबी

नाइजेरियामा दुई सैन्य अखडामा आक्रमण विफल पारेको र ४८ लडाकु मारेको सेनाको दाबी

नाइजेरियाली सेनाले उत्तरपूर्वी बोर्नो र योबे राज्यका दुई सैन्य अखडामा भएका आक्रमण विफल पारेको र त्यस क्रममा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी) का कम्तीमा ४८ जना संदिग्ध...