नेभिगेशन
समाज

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा माथिबाट पहिरो खस्दा दुवैतर्फको आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

Marvel

त्यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो आएपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान ४ः५५ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा पनि सडक माथिबाट सुक्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा बन्द भएको छ । मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा समेत सडक अवरुद्ध भएको छ ।

यसैगरी, ललितपुरको बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्डमा पनि यातायात प्रभावित भएको छ । ललितपुर महानगरपालिका–२ बल्खुस्थित सुन्दरीघाटमा अविरल वर्षाका कारण पानीको बहाव बढेपछि करिडोरमा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खसेको छ । पाल्पाको रामपुर नगरपालिका–१ कासिबनमा ढुङ्गासहितको पहिरो खस्दा कालीगण्डकी करिडोरको पक्की सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, मुगुको छायानाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्डमा पनि यातायात अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वर्षाका कारण विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो, लेदो र बाढीले अवरोध पुर्‍याएपछि यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सचिवालय बैठक सुरु

रास्वपा सचिवालय बैठक सुरु

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

अविरल वर्षाका कारण अवरुद्ध विभिन्न राष्ट्रिय राजमार्ग खुलाउन आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् ।
नाइजेरियामा दुई सैन्य अखडामा आक्रमण विफल पारेको र ४८ लडाकु मारेको सेनाको दाबी

नाइजेरियामा दुई सैन्य अखडामा आक्रमण विफल पारेको र ४८ लडाकु मारेको सेनाको दाबी

नाइजेरियाली सेनाले उत्तरपूर्वी बोर्नो र योबे राज्यका दुई सैन्य अखडामा भएका आक्रमण विफल पारेको र त्यस क्रममा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी) का कम्तीमा ४८ जना संदिग्ध...