नेभिगेशन
समाज

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

काठमाडौँ । अविरल वर्षाका कारण अवरुद्ध विभिन्न राष्ट्रिय राजमार्ग खुलाउन आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार बीपी राजमार्ग, कान्तिलोकपथ र मालढुङ्गा–बेनी–जोमसोम सडकका विभिन्न स्थानमा पहिरो, लेदो तथा गेग्रान जम्मा हुँदा यातायात अवरुद्ध भएको छ ।

Marvel

बीपी राजमार्गको पिन्थलीलगायतका स्थानमा लेदो तथा गेग्रान जम्मा भएको छ । उक्त अवरोध हटाएर सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको मन्त्री लम्सालले बताएका छन् ।

त्यस्तै, कान्तिलोकपथअन्तर्गत मकवानपुर खण्डमा सडक सञ्चालनमा रहे पनि ललितपुरको छपेलीलगायतका स्थानमा अवरोध भएको छ ।

मालढुङ्गा–बेनी–जोमसोम सडकअन्तर्गत लामाखेत, महभीर, कागबेनी, छुसाङ र छोसेरलगायतका स्थानमा सडक अवरुद्ध भएको छ । ती स्थानमा पनि अवरोध हटाउन जनशक्ति र उपकरण परिचालन गरिएको उनले जनाएका छन् ।

वर्षा जारी रहेकाले मौसम र सडक सुरक्षाको अवस्था मूल्याङ्कन गरेर मात्रै यातायात सञ्चालन गरिने मन्त्री लम्सालले बताएका छन् ।

अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सडक विभाग र मातहतका डिभिजन कार्यालयलाई सक्रिय रूपमा परिचालन गरिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।
रास्वपा सचिवालय बैठक सुरु

रास्वपा सचिवालय बैठक सुरु

नाइजेरियामा दुई सैन्य अखडामा आक्रमण विफल पारेको र ४८ लडाकु मारेको सेनाको दाबी

नाइजेरियामा दुई सैन्य अखडामा आक्रमण विफल पारेको र ४८ लडाकु मारेको सेनाको दाबी

नाइजेरियाली सेनाले उत्तरपूर्वी बोर्नो र योबे राज्यका दुई सैन्य अखडामा भएका आक्रमण विफल पारेको र त्यस क्रममा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी) का कम्तीमा ४८ जना संदिग्ध...