नेभिगेशन
समाज

नेपाली गेमिङ उद्योगलाई सहज नीति र कर छुटको व्यवस्था गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली गेमिङ उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सहज नीति, कर व्यवस्था र व्यावसायिक वातावरण निर्माण गर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नेपालमै बनेका लुडो र कलब्रेक गेम विश्वभर लोकप्रिय रहेको उल्लेख गर्दै नेपाली गेमिङ कम्पनीलाई उद्योगका रूपमा विकास गर्ने सरकारको योजना सार्वजनिक गरेका हुन् ।

Marvel

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लुडो गेम करिब २० करोड पटक र कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएको उल्लेख गरेका छन् । नेपालमा सयौँ युवा गेम एप निर्माणमा सक्रिय रहेको पनि उनले बताएका छन् ।

प्रधानमन्त्री शाहका अनुसार सरकारले गेम डेभलपरहरूलाई बोलाएर उनीहरूका समस्या र गेमिङ क्षेत्रको विकासका सम्भावनाबारे छलफल गरेको छ । छलफलपछि यो क्षेत्रलाई सहज बनाउने र उद्योगका रूपमा अघि बढाउने विषयमा गृहकार्य सुरु गरिएको उनले जनाएका छन् ।

'नेपालबाटै हामीले ग्लोबल युनिकर्न कम्पनी बनाउन सहज पार्नुपर्ने नियम, वातावरण सबै पुनरावलोकन गर्नेछौँ,' उनले लेखेका छन् ।

उनले सूचना प्रविधि क्षेत्रका उत्पादन तथा निर्यातको सम्भावनालाई ध्यानमा राख्दै कर प्रणाली र नीतिमा सुधार गर्ने पनि बताएका छन् । अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी विद्यमान नियमलाई थप सहज बनाउने, कम्पनीले सहज रूपमा आम्दानी गर्न र पुनः लगानी गर्न सक्ने वातावरण बनाउने उनको भनाइ छ ।

त्यस्तै, गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथन तथा सूचना प्रविधि क्षेत्र र नेपाल राष्ट्र बैंक एवं अर्थ मन्त्रालयबीच नियमित अन्तरक्रिया गराउने कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन् । समग्र सूचना प्रविधि उत्पादन तथा गेमिङ उद्योगलाई लाभ पुग्ने इकोसिस्टम निर्माणमा सरकारले लगानी गर्ने उनको घोषणा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।
रास्वपा सचिवालय बैठक सुरु

रास्वपा सचिवालय बैठक सुरु

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

अविरल वर्षाका कारण अवरुद्ध विभिन्न राष्ट्रिय राजमार्ग खुलाउन आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् ।