नेभिगेशन
समाज

विपद्को जोखिम न्यूनीकरणमा सहकार्य गर्न प्रहरी महानिरीक्षक कार्कीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्भावित विपद्को जोखिम न्यूनीकरण र जनधनको सुरक्षा गर्न सबै पक्षसँग सहकार्यको अपिल गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले वर्षा, सम्भावित हावाहुरी र त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

Marvel

सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै महानिरीक्षक कार्कीले विपद्बाट जनधनको सुरक्षा गर्न नेपाल प्रहरी आफ्नो मूल दायित्व पूरा गर्दै क्रियाशील रहने उल्लेख गरेका छन् ।

उनले विपद्का बेला नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गरी क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गरेको उल्लेख गर्दै उनले सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपुग्ने वातावरण बनाउन प्रहरी प्रतिबद्ध रहेको बताएका छन् ।

'सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ,' उनको अपिलमा भनिएको छ ।

उनले विपद्को असर कम गर्न सबैसँग अभूतपूर्व सहकार्यको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।
रास्वपा सचिवालय बैठक सुरु

रास्वपा सचिवालय बैठक सुरु

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

अविरल वर्षाका कारण अवरुद्ध विभिन्न राष्ट्रिय राजमार्ग खुलाउन आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् ।