नेभिगेशन
समाज

नाइजेरियामा दुई सैन्य अखडामा आक्रमण विफल पारेको र ४८ लडाकु मारेको सेनाको दाबी

नाइजेरिया । नाइजेरियाली सेनाले उत्तरपूर्वी बोर्नो र योबे राज्यका दुई सैन्य अखडामा भएका आक्रमण विफल पारेको र त्यस क्रममा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी) का कम्तीमा ४८ जना संदिग्ध लडाकु मारिएको दाबी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उत्तरपूर्वी क्षेत्रमा सञ्चालित ‘अपरेसन हादिन काई’ का संयुक्त कार्यदलका प्रवक्ता मोहम्मद गोनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बिहीबार राति र शुक्रबार बिहान बोर्नो राज्यको ग्वाजा स्थानीय सरकारी क्षेत्रअन्तर्गत बिट्टा तथा योबे राज्यको बुनी यादीस्थित सैन्य अखडामा आक्रमण भएको थियो ।

Marvel

गोनीका अनुसार बोर्नोको बिट्टामा भएको आक्रमणलाई सेनाले हवाई सहयोगसहितको जवाफी कारबाहीमार्फत विफल पारेको थियो । त्यस्तै, योबे राज्यको बुनी यादीमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म आक्रमण गर्ने लडाकुविरुद्ध सेनाले जवाफी कारबाही गरेको थियो ।

कारबाहीका क्रममा एक सैनिकको मृत्यु भएको र अन्य दुई जना घाइते भएको गोनीले बताएका छन् । सेनाले लडाकुबाट ५२ थान हतियारसमेत बरामद गरेको जनाएको छ ।

नाइजेरियाली सेनाले सशस्त्र समूहको गतिविधि र परिचालन क्षमता कमजोर पार्न तथा उनीहरूको भर्ती, प्रचारप्रसार र आक्रमण समन्वय गर्ने क्षमतामा अङ्कुश लगाउन सुरक्षा कारबाही जारी राख्ने जनाएको छ ।

आईएसडब्ल्यूएपी उत्तरपूर्वी नाइजेरियामा सक्रिय सशस्त्र समूह हो । यसले बोको हरामसँगै उक्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्दै आएको छ । यी समूहले लेक चाड क्षेत्रका अन्य देशमा समेत आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।
रास्वपा सचिवालय बैठक सुरु

रास्वपा सचिवालय बैठक सुरु

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

अविरल वर्षाका कारण अवरुद्ध विभिन्न राष्ट्रिय राजमार्ग खुलाउन आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् ।