नेभिगेशन
समाज

बाराको फेटामा अस्पताल उद्घाटनको क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते

बारा । बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनको विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गोली लागेर एक युवक घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झडपका क्रममा प्रदर्शनकारीहरूले नौवटा मोटरसाइकलमा आगजनी गर्नुका साथै अस्पतालमा समेत तोडफोड गरेका छन् । 

Marvel

फेटा गाउँपालिकाले शनिबार नवनिर्मित अस्पताल उद्घाटनका लागि कार्यक्रम आयोजना गरेको थियो । तर अस्पतालमा आवश्यक पूर्वाधार, विद्युत्, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा नभएको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

स्थानीयवासीले अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्था गरेपछि मात्रै उद्घाटन गर्नुपर्ने माग राख्दै आएका थिए । तर गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले स्थानीयको माग बेवास्ता गर्दै जबर्जस्ती उद्घाटन गर्न खोजेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन् ।

यही विषयलाई लिएर विवाद बढ्दै जाँदा अवस्था तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गण्डकका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसक्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।

झडपका क्रममा गोली लागेर फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका करिब १८ वर्षीय छोरा आदित पासवान घाइते भएका छन् । उनलाई पेटमा गोली लागेको प्रहरीले जनाएको छ ।

आगजनी तथा तोडफोडबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । अस्पताल निर्माण तथा उद्घाटनको विषयमा स्थानीयवासीले उठाएका प्रश्न र गाउँपालिकाबीच सहमति हुन नसक्दा विवादले हिंसात्मक रूप लिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् । क्यानका...
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...