नेभिगेशन
समाज

आर्या फार्माल्यावको सामाजिक उत्तरदायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । बाढी तथा विपद् प्रभावित नागरिकलाई समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आर्या फार्माल्याब र चितवन मेडिकल कलेजको सहकार्यमा नुवाकोटमा सञ्चालित सामुदायिक स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्रदान गर्नुका साथै १२० जनाको अल्ट्रासाउन्ड परीक्षण गरिएको थियो ।

Ncell
Extreme Energy

शिविरमार्फत स्थानीय तथा प्रभावित समुदायका नागरिकलाई आवश्यक स्वास्थ्य परामर्श, परीक्षण तथा उपचारसम्बन्धी सेवा उपलब्ध गराइएको थियो । थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत गरिएको थियो ।

आर्या फार्माल्याबले विपद्को कठिन समयमा प्रभावित नागरिकको स्वास्थ्य तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी दिनमा पनि आवश्यक सहयोग तथा स्वास्थ्य सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यसअघि आर्या फार्माल्याबले विपद् प्रभावितका लागि रु ८२ लाख भन्दा वढी औषधिजन्य सामग्री सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।