नेभिगेशन
समाज

परराष्ट्रमन्त्री खनाल र इथियोपियाका विदेशमन्त्री टिमोथियोसबीच द्विपक्षीय भेटवार्ता

जलवायु परिवर्तन, व्यापार, पर्यटन तथा हवाई सम्पर्क विस्तारमा सहकार्य गर्ने विषयमा छलफल

टर्किए । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा इथियोपियाका विदेशमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनका कारण नेपालमा हालै भएका विनाशकारी विपद्पछि नेपालप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेकामा इथियोपिया सरकार तथा त्यहाँका जनताप्रति आभार व्यक्त गरे।

Marvel
Extreme Energy

उनले समानता, साझा वातावरणीय उत्तरदायित्व र बहुपक्षीय साझेदारीमा आधारित विश्वव्यापी जलवायु कार्यलाई कोप–३१ तथा इथियोपियाको आगामी कोप अध्यक्षताका क्रममा अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए।

भेटमा दुवै देशबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो। सो अवसरमा जलवायु परिवर्तन, अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति, व्यापार, हवाई सम्पर्क विस्तार, पर्यटन तथा जनस्तरको सम्बन्ध अभिवृद्धिलगायत आपसी हितका विविध विषयमा कुराकानी भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याग्दीमा ‘आगोदेउ’ पर्वको उल्लास

म्याग्दीमा ‘आगोदेउ’ पर्वको उल्लास

म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ मा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ।
धान बिक्रीको पर्खाइमा किसान

धान बिक्रीको पर्खाइमा किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतीक्षारत रहे पनि हालसम्म खरिद प्रक्रिया सुरु हुन सकेको छैन।
१०७ जना किन परे पक्राउ?

१०७ जना किन परे पक्राउ?

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन्।
जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा

जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा

फ्रान्सका पाँच पटकका ओलम्पिक स्वर्ण पदक विजेता जुडो खेलाडी टेडी राइनरले सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।