नेभिगेशन
समाज

जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा

एजेन्सी। फ्रान्सका पाँच पटकका ओलम्पिक स्वर्ण पदक विजेता जुडो खेलाडी टेडी राइनरले सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमार्फत अप्रत्याशित घोषणा गर्दै ३७ वर्षीय राइनरले भने, “मेरो नाम टेडी राइनर हो र आज म तपाईंहरूसमक्ष प्रत्यक्ष रूपमा घोषणा गर्दछु– म सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुँ।”

Marvel
Extreme Energy

फ्रान्सका चर्चित खेलकुद हस्तीमध्ये एक राइनर यस्तो समयमा राजनीतिमा प्रवेश गर्न लागेका हुन्, जतिबेला वर्तमान राष्ट्रपति इम्यानुएल म्याक्रोनको उत्तराधिकारी चयन गर्न अर्को वर्ष हुने निर्वाचनमा अति दक्षिणपन्थी नेतृ मरिन ले पेन जनमत सर्वेक्षणमा अगाडि देखिएकी छन्।

राइनरले फ्रान्समा अति दक्षिणपन्थी शक्तिहरूको उदयप्रति आफू गम्भीर रूपमा चिन्तित रहेको यसअघि नै सार्वजनिक रूपमा बताउँदै आएका छन्।

उनले सन् २०१२, २०१६ र २०२४ को ओलम्पिकमा हेभीवेट विधातर्फ तथा सन् २०२० र २०२४ को ओलम्पिकमा मिश्रित टोली विधातर्फ गरी जुडोमा पाँच स्वर्ण पदक जितेका छन्। यसका अतिरिक्त उनले ११ पटक विश्व च्याम्पियनसिपको उपाधि पनि हासिल गरेका छन्।

फ्रान्सका अर्का चर्चित जुडो खेलाडी डेभिड डुइलेट सन् २००९ मा फ्रान्सेली संसद्मा निर्वाचित भएका थिए। उनले सन् २०११ सेप्टेम्बरदेखि २०१२ मेसम्म खेलकुदमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१०७ जना किन परे पक्राउ?

१०७ जना किन परे पक्राउ?

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन्।
पोखरामा गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी

पोखरामा गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी

ग्यालरीमा भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक पृष्ठभूमि, योगदान, वीरता र बलिदानसँग सम्बन्धित अभिलेख, तस्बिर, पोशाकलगायत सामग्री राखिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले...