नेभिगेशन
समाज

पोखरामा गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी

गण्डकी । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले भारतीय सेनाका गोर्खा रेजिमेन्टहरूको इतिहास झल्काउने ग्यालरी स्थापना गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरा महानगरपालिका–१६ दीपस्थित गोर्खा मेमोरियल म्युजियममा स्थापित उक्त ग्यालरीको हालै भारतीय राजदूतावासका डिफेन्स एटाचे कर्णेल भी शुब्रमण्यमले शुभारम्भ गरेका थिए । ग्यालरीमा भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक पृष्ठभूमि, योगदान, वीरता र बलिदानसँग सम्बन्धित अभिलेख, तस्बिर, पोशाकलगायत सामग्री राखिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले बताए । 

Marvel
Extreme Energy

“भारतीय गोर्खा सैनिकका ३४ वटा बटालियनको इतिहास, वीरता र योगदानलाई झल्काउने गरी ग्यालरी स्थापना गरिएको छ”, उनले भने, “ग्यालरीले गोर्खा सैनिकको इतिहास बुझ्न नयाँ पुस्तालाई सघाउने छ, पर्यटकीय हिसाबले पनि यसको महत्त्व बढ्ने हाम्रो विश्वास छ ।”

इतिहासको संरक्षण गर्नु आफूहरूको दायित्व सम्झँदै पोखरामा रहेका सम्पूर्ण भारतीय भूतपूर्व सैनकको पहल र सक्रियतामा ग्यालरी स्थापना गरिएको अध्यक्ष खत्रीको भनाइ छ । प्रथम विश्वयुद्धदेखि हालसम्म विभिन्न सैनिक अभियानमा गोर्खा सैनिकहरूले प्रदर्शन गरेको वीरता र बलिदानको इतिहासलाई ग्यालरीमा संरक्षित गरिएको उनले बताए।

गोर्खाली सैनिकहरूले विश्वका विभिन्न युद्ध तथा सैनिक अभियानमा पुर्याएको योगदान नेपालको मात्र नभई अन्तरराष्ट्रिय पहिचान र गौरवसँगसमेत जोडिएको अध्यक्ष खत्रीको भनाइ छ । भारतीय भूतपूर्व सैनिकहरूको त्याग र पुर्खाहरूको वीरतालाई स्मरण गर्दै गोर्खाली पहिचानलाई संरक्षण, सम्मान र विश्वसामु चिनाउने प्रयासका रूपमा यस ग्यालरीलाई लिइएको छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रमाइलाे गर्न पड्काउने पटाकाले बढाउँछ प्रदूषण

रमाइलाे गर्न पड्काउने पटाकाले बढाउँछ प्रदूषण

तिहार सुरु भएदेखि नै पटाका पड्किने क्रम बढेको छ । विशेषगरी रातको समयमा हुने पटाकाको चर्को आवाजले टोलबस्तीको शान्त वातावरणलाई बिथोलिरहेको छ ।
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा,...
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने भन्दै उक्त स्थान बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईले सम्पूर्ण नगरवासीलाई...
भाइटीकाको दिन काठमाडौँसहितका ठाउँमा हल्का वर्षाको सम्भावना

भाइटीकाको दिन काठमाडौँसहितका ठाउँमा हल्का वर्षाको सम्भावना

पोखरेलका अनुसार आज अपराह्नदेखि पश्चिमी पहाडी भेगसहित देशका अन्य केही स्थानमा बदली भई वर्षा सुरु हुन सक्छ । भोलिदेखि भने थप स्थानमा हल्का वर्षाको सम्भावना बढ्नेछ ।