नेभिगेशन
समाज

भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उपदयुर, काभ्रेपलाञ्चोक, नवलपरासी (पश्चिम), तेह्रथुम, रुकुम ९पूर्व०, सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुली बेपत्ताको सूचीमा सार्वजनिक गरिएको छ । 

Marvel
Extreme Energy

सात देशका १७१ बेपत्ता नागरिकको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको हो । बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिनेछ । प्राधिकरणले आज सूचना जारी गर्दै बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ । 

बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहबाट भएको सिफारिसको आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा स्वदेशी व्यक्तिको सूची प्रकाशन गरिएको हो । 
    
यस्तै बेपत्ता विदेशी व्यक्तिको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरण सार्वजनिक गरिएको हो । बत्तीस जिल्लाबाहेकका विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय र बेपत्ता विदेशी नागरिकको हकमा नियोगबाट सूची प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ । 

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ । बाढीमा पाँच हजार २८५ बेपत्ता भएको प्राधिकरणको तथ्याङ्क छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने भन्दै उक्त स्थान बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईले सम्पूर्ण नगरवासीलाई...
भाइटीकाको दिन काठमाडौँसहितका ठाउँमा हल्का वर्षाको सम्भावना

भाइटीकाको दिन काठमाडौँसहितका ठाउँमा हल्का वर्षाको सम्भावना

पोखरेलका अनुसार आज अपराह्नदेखि पश्चिमी पहाडी भेगसहित देशका अन्य केही स्थानमा बदली भई वर्षा सुरु हुन सक्छ । भोलिदेखि भने थप स्थानमा हल्का वर्षाको सम्भावना बढ्नेछ ।
काठमाडौँ २४ घण्टा खुलाउने तयारी

काठमाडौँ २४ घण्टा खुलाउने तयारी

ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग...
नापजाँच सकिएको १३ वर्षपछि कपिलवस्तुका २६१ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको १३ वर्षपछि कपिलवस्तुका २६१ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै