नेभिगेशन
समाज

युद्ध सुरु हुँदाभन्दा अहिले इरानी सेना बलियो बनेको सैन्य प्रवक्ताको दाबी

काठमाडौं । इरानी सेनाले अमेरिका र इजरायलसँग युद्ध सुरु हुँदाको तुलनामा अहिले आफू थप शक्तिशाली र आत्मविश्वासी बनेको दाबी गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार सैन्य प्रवक्ता मोहम्मद अक्रामिनियाले प्रत्यक्ष सैन्य मुठभेडबाट प्राप्त अनुभवले इरानी सशस्त्र बललाई थप सतर्क, सक्षम र शक्तिशाली बनाएको बताएका छन्।

Marvel
Extreme Energy

‘इस्लामिक गणतन्त्रका सशस्त्र बल युद्ध सुरु हुँदाको अवस्थाभन्दा अहिले अझ बलिया भएका छन्। उनीहरूमा उच्च प्रेरणा, प्रतिबद्धता र आत्मविश्वास छ,’ उनले भने।

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि दुई पक्षबीच युद्ध चर्किएको थियो। महिनौँदेखि जारी युद्ध अहिले गतिरोधको अवस्थामा रहेको छ।

यसबीच इरानले विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग ढुवानी हुने रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुजमा आवागमन सीमित पार्ने प्रयास गर्दै आएको छ।

अक्रामिनियाले उक्त जलमार्गमा इरानी सशस्त्र बलको नियन्त्रण कायम रहेको दाबी गर्दै अमेरिकाले तेहरानका माग स्वीकार नगरेसम्म होर्मुज बन्द रहने बताएका छन्।

सर्वोच्च नेताको आदेशअनुसार इरानी सेनाले कुनै पनि आक्रमणको तत्काल र प्रभावकारी जवाफ दिने तथा त्यस्तो जवाफको भौगोलिक सीमा नहुने उनको चेतावनी छ।

यसै साता अमेरिकी सञ्चारमाध्यमले होर्मुज क्षेत्रमा अवस्थित इरानको केश्म टापुमा आक्रमण भएको खबर सार्वजनिक गरेका थिए। त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ आक्रमण भएको पुष्टि गरेका थिए।

इरानी समाचार संस्था तस्निमका अनुसार शनिबार केश्म टापुमा दुईवटा क्षेप्यास्त्र प्रहार भएका थिए। इरानी सरकारी टेलिभिजनले पनि टापुमा दुईवटा विस्फोट भएको जनाएको छ। तर, आक्रमणबाट भएको क्षतिबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन।

यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमले शनिबार बिहान इरानी हवाई प्रतिरक्षा प्रणालीले केश्म टापुमाथि उडिरहेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। यद्यपि, उक्त ड्रोन खसालिएको घटना र टापुमा भएको भनिएको आक्रमणबीच कुनै सम्बन्ध रहे–नरहेको स्पष्ट पारिएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२० वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार

२० वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार

कर्तव्य ज्यान मुद्दामा १० वर्ष पाँच महिना १७ दिन कैद सजाय सुनाइएका एक फरार कसुरदार २० वर्षपछि पक्राउ परेका छन्।
घरघरमै पुगेर फूल किन्न थाले व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य बढ्यो

घरघरमै पुगेर फूल किन्न थाले व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य बढ्यो

तिहार नजिकिएसँगै भक्तपुरका फूल किसानको घरमै पुगेर व्यापारीले प्रतिस्पर्धात्मक मूल्यमा फूल तथा माला खरिद गर्न थालेका छन्।
तिहार र छठमा विद्युत् अभाव नहुने, लक्ष्मीपूजामा मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण

तिहार र छठमा विद्युत् अभाव नहुने, लक्ष्मीपूजामा मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण

नेपाल विद्युत् प्राधिकरणले तिहार र छठ पर्वमा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन विशेष तयारी गरेको जनाएको छ।
काग तिहारको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने– ‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहौँ’

काग तिहारको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने– ‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहौँ’

प्रधानमन्त्री बालेन शाहले काग तिहार, धन्वन्तरी जयन्ती तथा आगामी कुकुर तिहारको अवसरमा शुभकामना व्यक्त गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहन सबैलाई आग्रह गरेका छन्।

भर्खरै