नेभिगेशन
पूर्वाधार

घरघरमै पुगेर फूल किन्न थाले व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य बढ्यो

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरका फूल किसानको घरमै पुगेर व्यापारीले प्रतिस्पर्धात्मक मूल्यमा फूल तथा माला खरिद गर्न थालेका छन्। व्यापारी र बिचौलियाबीच किसानको उत्पादन उठाउने प्रतिस्पर्धा बढेपछि सयपत्री र मखमली फूलको मूल्यसमेत बढेको छ। तर किसानले पाउने मूल्यको तुलनामा बजारमा फूलमाला दोब्बरदेखि तेब्बर महँगोमा बिक्री हुँदा उपभोक्ता भने मारमा परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानको घरमै पुगेर व्यापारीले फूलमाला खरिद गरिरहेका छन्। किसानका अनुसार शुक्रबारसम्म प्रतिमाला २२ देखि २५ रुपैयाँमा खरिद भइरहेको मखमलीको मूल्य बढेर अहिले ३० देखि ३५ रुपैयाँ पुगेको छ। बजारमा भने एउटा मखमली माला ८० देखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

Marvel
Extreme Energy

गुण्डुकी पुष्प व्यवसायी प्रमिला घतानीले आजदेखि व्यापारीले किसानको घरमै पुगेर प्रतिमाला ३० देखि ३५ रुपैयाँमा मखमली खरिद गर्न थालेको बताइन्। किसानबाट खरिद गरेको मूल्यभन्दा दोब्बरदेखि तेब्बर मूल्यमा व्यापारीले बिक्री गर्न थालेको उनको भनाइ छ।

सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै मखमली फूलखेती र व्यापार गर्दै आएका ताथलीका बनमालाले पनि आजदेखि प्रतिमाला ३० रुपैयाँमा बिक्री गर्न थालेको बताएका छन्। तिहार नजिकिएसँगै फूलको माग र मूल्य दुवै बढेको उनको अनुभव छ।

गुण्डुमा पछिल्लो १५ वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएकी मीना नगरकोटीले व्यापारीबीच किसानको उत्पादन खरिद गर्ने प्रतिस्पर्धा बढ्दा किसानलाई राहत मिलेको बताइन्। तर किसानबाट खरिद गरेको मूल्यभन्दा दोब्बरदेखि तेब्बरसम्ममा बजारमा बिक्री हुने गरेको उनको भनाइ छ।

स्थानीय उर्मिला नगरकोटीका अनुसार यतिबेला फूलखेती र मालाको व्यापारबाट एउटा परिवारले एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। गुण्डुबाट मात्रै वार्षिक पाँच करोड रुपैयाँभन्दा बढीको फूल तथा माला उत्पादन र बिक्री हुने गरेको उनले बताइन्।

स्थानीय अनिता बस्नेतले यस वर्ष ४० आना अर्थात् साढे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट तीन लाख रुपैयाँ आम्दानी गरेको बताइन्। उनका अनुसार सयपत्री फूललाई चार–पाँचवटा मिलाएर मुठा बनाउँदा प्रतिमुठा २० देखि २५ रुपैयाँमा बिक्री हुन्छ।

सयपत्री फूल पाथी र ढ्वाङमा भरेर पनि बिक्री गर्ने गरिएको छ। तीन पाथीभन्दा बढी अट्ने ढ्वाङको मूल्य किसानले बढीमा ७०० रुपैयाँसम्म लिने गरेका छन्। त्यही फूल बजारमा भने प्रतिकिलो ४०० देखि ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको बस्नेतले बताइन्।

यहाँका किसानले एउटा घरबाटै वार्षिक पाँच सयदेखि १० हजार रुपैयाँसम्मको मखमली माला बिक्री गर्ने गरेका छन्। कतिपय परिवारले सयपत्री फूलबाट मात्रै ३० हजारदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको स्थानीय बताउँछन्।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल प्रतिकिलो ४५० रुपैयाँ र मखमली माला प्रतिगोटा ७० रुपैयाँमा बिक्री गरिरहेको बताए। उनले भोलिदेखि फूलको मूल्य अझै बढ्न सक्ने बताए।

यस वर्ष लामो समयसम्मको झरी र वर्षातका कारण सयपत्री फूलखेतीमा क्षति पुगेपछि बजारमा मूल्य बढेको पुष्प व्यवसायी रामेश्वर बासीले बताए। खुला ठाउँमा लगाइएका फूलखेती नष्ट भएको र टनेलमा उत्पादन भएका फूल मात्रै बजारमा आउँदा आपूर्ति कम भएको उनको भनाइ छ।

उनका अनुसार बजारमा सयपत्री फूलको माला लम्बाइअनुसार प्रतिगोटा १५० देखि ८०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
२० वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार

२० वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार

कर्तव्य ज्यान मुद्दामा १० वर्ष पाँच महिना १७ दिन कैद सजाय सुनाइएका एक फरार कसुरदार २० वर्षपछि पक्राउ परेका छन्।
युद्ध सुरु हुँदाभन्दा अहिले इरानी सेना बलियो बनेको सैन्य प्रवक्ताको दाबी

युद्ध सुरु हुँदाभन्दा अहिले इरानी सेना बलियो बनेको सैन्य प्रवक्ताको दाबी

इरानी सेनाले अमेरिका र इजरायलसँग युद्ध सुरु हुँदाको तुलनामा अहिले आफू थप शक्तिशाली र आत्मविश्वासी बनेको दाबी गरेको छ।
तिहार र छठमा विद्युत् अभाव नहुने, लक्ष्मीपूजामा मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण

तिहार र छठमा विद्युत् अभाव नहुने, लक्ष्मीपूजामा मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण

नेपाल विद्युत् प्राधिकरणले तिहार र छठ पर्वमा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन विशेष तयारी गरेको जनाएको छ।
काग तिहारको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने– ‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहौँ’

काग तिहारको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने– ‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहौँ’

प्रधानमन्त्री बालेन शाहले काग तिहार, धन्वन्तरी जयन्ती तथा आगामी कुकुर तिहारको अवसरमा शुभकामना व्यक्त गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहन सबैलाई आग्रह गरेका छन्।

भर्खरै