नेभिगेशन
समाज

शान्तिपूर्ण प्रदर्शन व्यवस्थापनमा मानवअधिकारमा आधारित प्रहरी कार्यशैली अपनाउन गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले शान्तिपूर्ण प्रदर्शनको व्यवस्थापन गर्दा मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिन र प्रहरी कार्यशैलीलाई व्यावसायिक बनाउन सुरक्षा निकायका अधिकारीलाई आग्रह गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शान्तिपूर्ण प्रदर्शनका क्रममा मानवअधिकार प्रवर्द्धन तथा संरक्षण गर्न कानुन कार्यान्वयन गर्ने अधिकारीका लागि तयार पारिएको नमुना प्रोटोकल कार्यान्वयनसम्बन्धी राष्ट्रिय परामर्श कार्यशाला सम्पन्न भएको अवसरमा उनले यस्तो आग्रह गरेका हुन्।

Marvel
Extreme Energy

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित समापन समारोहको अध्यक्षता गृहमन्त्री गुरुङले गरेका थिए। कार्यशाला गृह मन्त्रालय र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयले संयुक्त रूपमा आयोजना गरेका थिए। उक्त नमुना प्रोटोकल संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर), संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकको सहकार्यमा तयार गरिएको हो।

दुई चरणमा सञ्चालित कार्यशालामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गृह मन्त्रालयका उच्च नेतृत्व तथा फिल्ड कमान्डर सहभागी थिए। उनीहरूले शान्तिपूर्ण प्रदर्शन व्यवस्थापनमा रहेका नीतिगत तथा कार्यगत कमजोरी पहिचान गर्दै अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुरूप प्रहरी अभ्यास अघि बढाउने उपायबारे छलफल गरेका थिए।

समापन समारोहमा गृहमन्त्री गुरुङले शान्तिपूर्ण प्रदर्शनलाई सहजीकरण गर्नु राज्यको आधारभूत दायित्व भएको बताए। उनले बल प्रयोग गर्नुपर्ने अवस्था आए त्यसलाई आवश्यकता, समानुपातिकता र जवाफदेहिताका सिद्धान्तअनुरूप सीमित राख्नुपर्नेमा जोड दिए।

कार्यशालाले सार्वजनिक व्यवस्था कायम गर्ने नाममा नियन्त्रणमुखी शैली अपनाउने प्रवृत्तिबाट संवाद, सहजीकरण, तनाव न्यूनीकरण र मौलिक अधिकारको संरक्षणलाई प्राथमिकता दिने कार्यशैलीतर्फ अघि बढ्न महत्त्वपूर्ण आधार तयार गरेको आयोजकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप–३१ मा सहभागी हुँदैछौँ’

‘जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप–३१ मा सहभागी हुँदैछौँ’

कोप–३१ मा हामीले भोटेकोशीलगायत जलवायुजन्य विपद्लाई ठोस प्रमाणका रूपमा प्रस्तुत गर्नेछौँ। हानि तथा नोक्सानी कोषमा स्रोत जुटाउने र त्यसलाई प्रभावित समुदायसम्म क्षतिपूर्तिका रूपमा सिधै पुर्‍याउने प्रणाली निर्माणका लागि...
सूर्य नेपालले जीतपुर–सिमरा उपमहानगरपालिकालाई दियो दमकल

सूर्य नेपालले जीतपुर–सिमरा उपमहानगरपालिकालाई दियो दमकल

सूर्य नेपाल प्रालिले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाराको जीतपुर–सिमरा उपमहानगरपालिकालाई अत्याधुनिक दमकल हस्तान्तरण गरेको छ।
यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

विभिन्न माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसी र सरकारबीच छबुँदे सहमति भएको छ। गएराति सहमति भएसँगै डा. केसीले अनशन अन्त्य गरेका छन्।
वैज्ञानिक विकासमार्फत स्वस्थ र निरोगी समाज निर्माण गर्न सबैलाई धन्वन्तरिको प्रेरणा मिलोस्- गगन थापा

वैज्ञानिक विकासमार्फत स्वस्थ र निरोगी समाज निर्माण गर्न सबैलाई धन्वन्तरिको प्रेरणा मिलोस्- गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्।