नेभिगेशन
समाज

एनपीएलमा आज लुम्बिनी र काठमाडौँ भिड्दै

काठमाडौँ । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुन लागेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लिगको १८औँ खेल अपराह्न ५ बजे सुरु हुनेछ ।

Marvel
Extreme Energy

लुम्बिनी लायन्स जारी प्रतियोगितामा अपराजित छ । चार खेल खेलेको उसले तीनमा जित र एक खेल वर्षाका कारण नतिजाविहीन हुँदा सात अङ्क जोडेको छ । लुम्बिनी अङ्कतालिकाको शीर्ष स्थानमा छ ।

लुम्बिनीले यसअघि पोखरा एभेन्जर्सलाई आठ विकेट र जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको थियो । यसअघि सुदूरपश्चिम रोयल्सविरुद्धको खेल वर्षाका कारण प्रभावित भएको थियो ।

यता, पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौँ गोर्खाजले त्यसपछि लगातार दुई खेल जितेको छ । काठमाडौँले कर्णाली याक्सलाई चार विकेट र विराटनगर किङ्सलाई नौ विकेटले हराएको थियो ।

तीन खेल खेलेको काठमाडौँ चार अङ्कसहित अङ्कतालिकाको चौथो स्थानमा छ ।

अङ्कतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ भने काठमाडौँ लगातार तेस्रो जित निकाल्दै शीर्ष टोलीसँगको दूरी घटाउन चाहन्छ । त्यसैले दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वैज्ञानिक विकासमार्फत स्वस्थ र निरोगी समाज निर्माण गर्न सबैलाई धन्वन्तरिको प्रेरणा मिलोस्- गगन थापा

वैज्ञानिक विकासमार्फत स्वस्थ र निरोगी समाज निर्माण गर्न सबैलाई धन्वन्तरिको प्रेरणा मिलोस्- गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
हुलाकीको झोलादेखि मोबाइलसम्म : फेरियो चिठीको यात्रा, उस्तै छ आत्मीयताको चाहना

हुलाकीको झोलादेखि मोबाइलसम्म : फेरियो चिठीको यात्रा, उस्तै छ आत्मीयताको चाहना

कुनै बेला गाउँमा हुलाकी देखिनासाथ मानिस घरबाट बाहिर निस्कन्थे ।
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडे अनशन

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडे अनशन

सरकार र अनशनरत डा. गोविन्द केसीबीच छबुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज देशका केही हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने भएको छ ।