नेभिगेशन
समाज

अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

वीरगञ्ज (पर्सा) । नेपाल टेलिकमले पर्सामा सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभागसँगको सहकार्यमा टेलिकमले जिल्लाभरिका सेवाग्राहीलाई घरदैलोमै सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवका अनुसार सेवाग्राहीले नेपाल टेलिकमको अनलाइन फाराम भरेपछि हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्नेछन् । सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको उनले बताए ।

Marvel
Extreme Energy

यो सेवासँगै सिमकार्ड लिन टेलिकम कार्यालय वा अन्य वितरण केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । अब नागरिकले घरमै बसेर सरकारी सेवा प्राप्त गर्न सक्नेछन् ।

सेवा सुरु भएसँगै हुलाक कार्यालयका कर्मचारीले वीरगञ्ज महानगरपालिका–१०, रानीघाट निवासी किरणकुमारी चौहानको घरमै पुगेर पहिलो सिमकार्ड उपलब्ध गराएका छन् ।

यसअघि हुलाक सेवा विभागले चिठीपत्र, पार्सल, द्रुत डाँक सेवा (ईएमएस) र हुलाक बचत बैङ्कसम्बन्धी सेवा प्रदान गर्दै आएको थियो । पछिल्लो समय विभागले आफ्नो सेवालाई विस्तार गर्दै अन्य सरकारी निकायका सेवा तथा सामग्रीको वितरणमा समेत सहकार्य गर्न थालेको छ ।

हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौताअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लगायत महत्त्वपूर्ण सरकारी कागजात हुलाकमार्फत ढुवानी तथा वितरण हुँदै आएको छ ।

त्यसैगरी, हुलाक वस्तु तथा पार्सल कहाँ पुगे भन्ने जानकारी अनलाइनबाटै प्राप्त गर्न सकिने गरी ट्र्याकिङ प्रणालीलाई समेत थप व्यवस्थित बनाइएको विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा, यात्रु सहायता कक्षदेखि विशेष गस्ती

चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा, यात्रु सहायता कक्षदेखि विशेष गस्ती

तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, अमेरिकी डलर ९१ पैसा सस्तियो

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, अमेरिकी डलर ९१ पैसा सस्तियो

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश मुद्राको मूल्य घटेको छ ।
झापामा भूमिहीन २ हजार ३३९ परिवारलाई पुर्जा वितरणको यस्तो तयारी

झापामा भूमिहीन २ हजार ३३९ परिवारलाई पुर्जा वितरणको यस्तो तयारी

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको निर्देशनपछि झापामा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया तीव्र पारिएको छ ।
आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

आयुर्वेद चिकित्सा पद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदैछ ।