नेभिगेशन
समाज

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौँ । आयुर्वेद चिकित्सा पद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यो दिवसका अवसरमा देशका विभिन्न स्थानमा पूजा, आराधना तथा विविध कार्यक्रम आयोजना गरिँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्रयोदशी तिथिमै धन्वन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज यो दिवस मनाउन लागिएको हो ।

Marvel
Extreme Energy

वैदिक सनातन हिन्दू धर्मग्रन्थमा देवता र असुर मिलेर नागलाई नेती र मन्दराचल पर्वतलाई मदानी बनाई समुद्र मन्थन गर्दा कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलशसहित भगवान् धन्वन्तरी प्रकट भएको उल्लेख छ । रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि अमृत कलश लिएर प्रकट भएका धन्वन्तरीलाई आयुर्वेद चिकित्सा पद्धतिका प्रवर्तक मानिन्छ ।

वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा यो दिवस मनाउने गरिन्छ । आयुर्वेद चिकित्सकले यस दिनलाई सत्सङ्कल्पसहित शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गरेका छन् ।

नेपालमा आयुर्वेद क्याम्पस स्थापना भएपछि विधिवत् रूपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो । काठमाडौँको नरदेवीमा तत्कालीन राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको उक्त क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण संस्थाका रूपमा सञ्चालनमा थियो ।

विसं २०२९ देखि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालन हुँदै आएको आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक श्यामबाबु यादवका अनुसार धन्वन्तरी जयन्तीका अवसरमा भगवान् धन्वन्तरीको पूजा आराधनासहित विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो । वैदिक हिन्दू दर्शनका चार उपवेदमध्ये एक आयुर्वेदको ग्रन्थ र प्रकृतिप्रदत्त औषधिको प्रतीक जडीबुटी हातमा लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रको संस्थापक मानिन्छ ।

दिवसका अवसरमा सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वरलगायत सरकारी तथा निजी क्षेत्रका आयुर्वेद अस्पतालमा विविध कार्यक्रम आयोजना गरिँदैछन् ।

यसैबीच, पछिल्लो समय आयुर्वेदिक औषधिको माग विगतको तुलनामा चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ । समितिका अनुसार आफूले उत्पादन गरेका आयुर्वेदिक औषधिको माग बढ्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

नेपाल टेलिकमले पर्सामा सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ ।
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, अमेरिकी डलर ९१ पैसा सस्तियो

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, अमेरिकी डलर ९१ पैसा सस्तियो

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश मुद्राको मूल्य घटेको छ ।
झापामा भूमिहीन २ हजार ३३९ परिवारलाई पुर्जा वितरणको यस्तो तयारी

झापामा भूमिहीन २ हजार ३३९ परिवारलाई पुर्जा वितरणको यस्तो तयारी

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको निर्देशनपछि झापामा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया तीव्र पारिएको छ ।
विपी राजमार्ग पुनःनिर्माणमा जाइकाले थाल्यो काम, अन्य तीन खण्डमा पनि प्रगति

विपी राजमार्ग पुनःनिर्माणमा जाइकाले थाल्यो काम, अन्य तीन खण्डमा पनि प्रगति

बाढीले क्षतिग्रस्त विपी राजमार्गको सिन्धुलीस्थित बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणको काम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सुरु गरेको छ।