नेभिगेशन
समाज

झापामा भूमिहीन २ हजार ३३९ परिवारलाई पुर्जा वितरणको यस्तो तयारी

भद्रपुर (झापा) । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको निर्देशनपछि झापामा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया तीव्र पारिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला भूमि समस्या समाधान समितिले पहिलो चरणमा तीन स्थानीय तहका दुई हजार ३३९ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरेको छ । समितिको आज बसेको बैठकले बुद्धशान्ति, अर्जुनधारा र मेचीनगरबाट प्रमाणीकरण भएर आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको नामावली सार्वजनिक गरेको हो ।

Marvel
Extreme Energy

समितिका अनुसार पहिलो चरणमा बुद्धशान्ति गाउँपालिकाका एक हजार ३६४, अर्जुनधारा नगरपालिकाका ९६४ र मेचीनगर नगरपालिकाका ११ परिवारको नामावली प्राप्त भएको छ ।

एकैपटक दुई हजार ३३९ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी झापाको इतिहासमै पहिलो महत्वपूर्ण घटना हुन सक्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार स्थानीय तहबाट थप नामावली प्रमाणीकरण भएर आएपछि छानबिन गरी दोस्रो चरणको सूचना प्रकाशन गरिनेछ ।

झापामा भूमिहीन दलिततर्फ दुई हजार ८९६, भूमिहीन सुकुम्बासीतर्फ १५ हजार ७८३ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ गरी कुल ६० हजार ५७० परिवारले जग्गा प्राप्तिका लागि आवेदन दिएका छन् । यसबाहेक अघिल्ला आयोगका पालामा अधुरो तथा अपुरो अवस्थामा रहेका पाँच हजार २९६ परिवारका निवेदनसमेत छन् ।

केही दिनअघि झापा भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको काम तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारी पोखरेललाई निर्देशन दिएकी थिइन् । त्यसपछि पोखरेलले थप जनशक्ति परिचालन गरी पुर्जा वितरण प्रक्रिया तीव्र पारेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

नेपाल टेलिकमले पर्सामा सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ ।
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, अमेरिकी डलर ९१ पैसा सस्तियो

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, अमेरिकी डलर ९१ पैसा सस्तियो

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश मुद्राको मूल्य घटेको छ ।
आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

आयुर्वेद चिकित्सा पद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदैछ ।
विपी राजमार्ग पुनःनिर्माणमा जाइकाले थाल्यो काम, अन्य तीन खण्डमा पनि प्रगति

विपी राजमार्ग पुनःनिर्माणमा जाइकाले थाल्यो काम, अन्य तीन खण्डमा पनि प्रगति

बाढीले क्षतिग्रस्त विपी राजमार्गको सिन्धुलीस्थित बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणको काम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सुरु गरेको छ।