नेभिगेशन
मुख्य समाचार

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय


काठमाडौं। सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने निर्णय गरेको हो।

Marvel
Extreme Energy

सरकारले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन उक्त पद सिर्जना गरेको जनाएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई विशेष सुरक्षा सल्लाहकारमा खटाएपछि रिक्त हुने प्रहरी महानिरीक्षक पदमा एआईजी डा. केसीलाई बढुवा गरिएको हो।

प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम केसीलाई कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरिएको सरकारले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आईजीपी कार्कीलाई हटाउन मात्र बसेको थियो मन्त्रिपरिषद् बैठक

आईजीपी कार्कीलाई हटाउन मात्र बसेको थियो मन्त्रिपरिषद् बैठक

आज बसेको मन्त्रिपरिषद् बैठकले जम्माजम्मी एउटा निर्णय गर्यो र त्यो निर्णय हो– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने ।
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवनको भरतपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। निउरो टिप्न गएका भरतपुर महानगरपालिका–२७ का ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो।
दानबहादुर कार्कीलाई हटाएर मनोज केसी आईजीपी नियुक्त

दानबहादुर कार्कीलाई हटाएर मनोज केसी आईजीपी नियुक्त

सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।
कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छः शंकर पोखरेल

कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छः शंकर पोखरेल

बुधबार काठमाडौँमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाइ सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्ताका बीचमा वामपन्थी राजनीतिलाई स्थापित गर्ने कुरामा समस्या उत्पन्न भएको भन्दै समग्र कम्युनिस्ट...