नेभिगेशन
समाज

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवन । चितवनको भरतपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। निउरो टिप्न गएका भरतपुर महानगरपालिका–२७ का ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक मंगलबार दिउँसो निउरो टिप्न गएका चार जनामध्ये महतोलाई बाघले आक्रमण गरी लगेको थियो।

Marvel
Extreme Energy

घटनाबारे उनीसँगै गएका साथीहरूले मंगलबार साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगरमा जानकारी गराएका थिए।

सूचना पाएलगत्तै नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी र वनका कर्मचारीको संयुक्त टोलीले खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा बुधबार बिहान १०ः५५ बजे चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको हो।

शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बाघलाई नियन्त्रणमा लिएसँगै स्थानीय क्षेत्रमा थप मानवीय क्षति हुन नदिन आवश्यक सुरक्षा तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

नियुक्त भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैं अस्पताल भर्ना भएका छन्।