नेभिगेशन
समाज

कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छः शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौँमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाइ सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्ताका बीचमा वामपन्थी राजनीतिलाई स्थापित गर्ने कुरामा समस्या उत्पन्न भएको भन्दै समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका हुन् । 

Marvel
Extreme Energy

उनले वाम तथा प्रजातान्त्रिक आन्दोलनमा चुनौती उत्पन्न भइरहेको बेलामा वाम तथा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ सिराबाट कसरी संगठित गर्ने भन्ने प्रश्न स्वाभाविक रूपमा उत्पन्न भएको धारणा राखे । चुनौतीलाई सामना गर्नका लागि पार्टीलाई वैचारिक रूपमा, सांगठनिक रूपमा एकताबद्ध गर्नु जरुरी रहेको उनको भनाइ छ ।

उनले वैचारिक, राजनीतिक र सांगठनिक रूपमा पार्टीलाई एकताबद्ध गरेर नै आजका चुनौतीहरूलाई सामना गर्न सकिने पार्टीको मान्यता रहेको उल्लेख गरे । 

त्यस्तै उनले विशेषगरी नेकपा कालमा संगठन प्रणालीभित्र देखा परेको अराजकताका कारणले अहिले पनि एमालेको संगठन प्रणाली अहिले पनि अस्तव्यस्त भएको तर्क गरे । 

पार्टी कार्यकर्ताको भूमिका पार्टी निर्माणमा वृद्धि गर्नका लागि कमिटीहरूको भूमिकालाई बढाउनु अपरिहार्य रहेको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

नियुक्त भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैं अस्पताल भर्ना भएका छन्।