नेभिगेशन
समाज

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये पाँचै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बिहान केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

Marvel
Extreme Energy

प्रहरीका अनुसार जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा स्थानीय २७ वर्षीया पवित्रा धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको छ ।

दुर्घटनामा ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट सात सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट सात सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार २३ जनाले पूर्ण र ९९ जनाले आंशिक बचत रकम फिर्ता पाएका छन्।
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेका छन्।