नेभिगेशन
समाज

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, अमेरिकी डलर ९१ पैसा सस्तियो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश मुद्राको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरसहित युरो, पाउन्ड, अस्ट्रेलियन डलर र कुवेती दिनारलगायत अधिकांश विदेशी मुद्राको भाउ ओरालो लागेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा थियो । यसअनुसार डलरको खरिद र बिक्रीदर दुवैमा ९१ पैसाले कमी आएको छ ।

Marvel
Extreme Energy

युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा कायम भएको छ । अघिल्लो दिन यसको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा थियो । युरोको दुवै दर एक रुपैयाँ ९२ पैसाले घटेको छ ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा रहेको छ । अघिल्लो दिनको तुलनामा यसको खरिददर दुई रुपैयाँ ३७ पैसा र बिक्रीदर पनि दुई रुपैयाँ ३७ पैसाले घटेको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ १९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ दुई पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा रहेको छ । अघिल्लो दिनको तुलनामा यसको खरिददर दुई रुपैयाँ ७७ पैसा र बिक्रीदर दुई रुपैयाँ ७८ पैसाले घटेको छ । क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ तीन पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४० रुपैयाँ ११ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा रहेको छ ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ४७ पैसा र बिक्रीदर चार रुपैयाँ ४९ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ नौ पैसा तोकिएको छ ।

दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ आठ पैसा र बिक्रीदर ११ रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १८ पैसा र बिक्रीदर १५ रुपैयाँ २४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ सात पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ पाँच पैसा तथा ओमानी रियाल एकको खरिददर ३८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ पाँच पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ । भारतीय रुपैयाँको विनिमयदर भने अघिल्लो दिनकै यथावत् रहेको छ ।

राष्ट्र बैङ्कले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा, यात्रु सहायता कक्षदेखि विशेष गस्ती

चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा, यात्रु सहायता कक्षदेखि विशेष गस्ती

तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।
अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

नेपाल टेलिकमले पर्सामा सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ ।
झापामा भूमिहीन २ हजार ३३९ परिवारलाई पुर्जा वितरणको यस्तो तयारी

झापामा भूमिहीन २ हजार ३३९ परिवारलाई पुर्जा वितरणको यस्तो तयारी

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको निर्देशनपछि झापामा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया तीव्र पारिएको छ ।
आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

आयुर्वेद चिकित्सा पद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदैछ ।