नेभिगेशन
समाज

चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा, यात्रु सहायता कक्षदेखि विशेष गस्ती

काठमाडौँ । तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जीउधनको सुरक्षा र आवागमन सहज बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरी जनशक्ति परिचालन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा प्रहरी परिचालन र निगरानी बढाइएको छ । बजार क्षेत्र, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका तथा बढी भीडभाड हुने स्थानलाई विशेष प्राथमिकतामा राखिएको छ ।

Marvel
Extreme Energy

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले चाडपर्वका समयमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्य पदार्थमा मिसावट र आगलागीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको बताए ।

उनका अनुसार यस्ता गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । सुरक्षा निगरानी प्रभावकारी बनाउन सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिनेछ । जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै तत्काल प्रतिकार्यका लागि द्रुत परिचालन टोली र विपद् व्यवस्थापनका जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकतामा राखेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ । त्यस्तै, अन्तरराष्ट्रिय सीमा नाकाका १०८ स्थानमा पनि यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

लामो दूरीका सवारीसाधन सञ्चालन गर्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्थासम्बन्धी कागजात जाँच गर्ने व्यवस्था मिलाइएको छ । लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

सीमा नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षमार्फत विदेशबाट स्वदेश फर्किने नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा अन्य दुर्व्यवहारबाट जोगाउन आवश्यक सहयोग उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत चरित्र हत्या र धम्की दिएको आरोपमा दुई पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्नुका साथै अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय माध्यमबाट महिलालाई दुर्व्यवहार तथा चरित्र हत्या गरेको आरोपमा इलाम र सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलामका विकल्प राई र सिन्धुपाल्चोकका सुजन पाण्डे रहेका छन् । ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार राईले प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोप छ ।

त्यस्तै, पाण्डेले सामाजिक सञ्जाल एक्समार्फत पीडित महिलाका अश्लील भिडियो तथा तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पीडितले दिएको निवेदनका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गर्दा दुवै जना संलग्न रहेको खुलेपछि पक्राउ गरिएको प्रवक्ता अवस्थीले जानकारी दिए । प्रहरीले राईलाई काठमाडौँको ठमेलस्थित पर्यटन मार्ग र पाण्डेलाई तारकेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका राईमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन र पाण्डेमाथि चार दिनको म्याद थप गरिएको ब्यूरोले जनाएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज देशका केही हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने भएको छ ।
अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

नेपाल टेलिकमले पर्सामा सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ ।
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, अमेरिकी डलर ९१ पैसा सस्तियो

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, अमेरिकी डलर ९१ पैसा सस्तियो

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश मुद्राको मूल्य घटेको छ ।
झापामा भूमिहीन २ हजार ३३९ परिवारलाई पुर्जा वितरणको यस्तो तयारी

झापामा भूमिहीन २ हजार ३३९ परिवारलाई पुर्जा वितरणको यस्तो तयारी

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको निर्देशनपछि झापामा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया तीव्र पारिएको छ ।