नेभिगेशन
समाज

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडे अनशन

काठमाडौँ । सरकार र अनशनरत डा. गोविन्द केसीबीच छबुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर सहमतिपत्रमा हस्ताक्षर गर्दै डा. केसीको अनशन तोडाएका हुन् ।

Marvel
Extreme Energy

अनशन अन्त्य भएपछि मन्त्री पोखरेलले यो नै डा. केसीको अन्तिम अनशन हुने विश्वास व्यक्त गरे । उनले डा. केसीसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढाइने बताए ।

सरकार र डा. केसीबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।

सहमतिका छवटै बुँदामा भएका व्यवस्था कार्यान्वयन गर्ने प्रतिबद्धतासहित डा. केसीले सत्याग्रह अन्त्य गरेका हुन् ।

WhatsApp-Image-2026-11-07-at-06.04.18-1794016170.jpeg

WhatsApp-Image-2026-11-07-at-06.04.19-1794016169.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हुलाकीको झोलादेखि मोबाइलसम्म : फेरियो चिठीको यात्रा, उस्तै छ आत्मीयताको चाहना

हुलाकीको झोलादेखि मोबाइलसम्म : फेरियो चिठीको यात्रा, उस्तै छ आत्मीयताको चाहना

कुनै बेला गाउँमा हुलाकी देखिनासाथ मानिस घरबाट बाहिर निस्कन्थे ।
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज देशका केही हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने भएको छ ।
चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा, यात्रु सहायता कक्षदेखि विशेष गस्ती

चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा, यात्रु सहायता कक्षदेखि विशेष गस्ती

तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।
अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

अब पर्सामा हुलाकमार्फत घरघरमै पुग्नेछ टेलिकमको सिमकार्ड

नेपाल टेलिकमले पर्सामा सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ ।