नेभिगेशन
समाज

तिहार र छठमा विद्युत् अभाव नहुने, लक्ष्मीपूजामा मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहार र छठ पर्वमा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन विशेष तयारी गरेको जनाएको छ। प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लक्ष्मीपूजाका दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने बताए।

Marvel
Extreme Energy

उनका अनुसार उक्त अवधिमा देशभित्र विद्युत् उत्पादन करिब दुई हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा कुनै अभाव नहुने उनको दाबी छ।

पर्वका बेला विद्युत् आपूर्तिमा अवरोध हुन नदिन प्राधिकरणले सम्बन्धित कार्यालय प्रमुखहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ। विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नसमेत भनिएको छ।

त्यसैगरी प्रसारण लाइन र वितरण प्रणालीको निरीक्षण तथा मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

विद्युत्सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित उठाउन र गुनासो व्यवस्थापन प्रभावकारी बनाउन पनि कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काग तिहारको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने– ‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहौँ’

काग तिहारको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने– ‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहौँ’

प्रधानमन्त्री बालेन शाहले काग तिहार, धन्वन्तरी जयन्ती तथा आगामी कुकुर तिहारको अवसरमा शुभकामना व्यक्त गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहन सबैलाई आग्रह गरेका छन्।
शान्तिपूर्ण प्रदर्शन व्यवस्थापनमा मानवअधिकारमा आधारित प्रहरी कार्यशैली अपनाउन गृहमन्त्रीको आग्रह

शान्तिपूर्ण प्रदर्शन व्यवस्थापनमा मानवअधिकारमा आधारित प्रहरी कार्यशैली अपनाउन गृहमन्त्रीको आग्रह

गृहमन्त्री सुदन गुरुङले शान्तिपूर्ण प्रदर्शनको व्यवस्थापन गर्दा मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिन र प्रहरी कार्यशैलीलाई व्यावसायिक बनाउन सुरक्षा निकायका अधिकारीलाई आग्रह गरेका छन्।
‘जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप–३१ मा सहभागी हुँदैछौँ’

‘जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप–३१ मा सहभागी हुँदैछौँ’

कोप–३१ मा हामीले भोटेकोशीलगायत जलवायुजन्य विपद्लाई ठोस प्रमाणका रूपमा प्रस्तुत गर्नेछौँ। हानि तथा नोक्सानी कोषमा स्रोत जुटाउने र त्यसलाई प्रभावित समुदायसम्म क्षतिपूर्तिका रूपमा सिधै पुर्‍याउने प्रणाली निर्माणका लागि...
सूर्य नेपालले जीतपुर–सिमरा उपमहानगरपालिकालाई दियो दमकल

सूर्य नेपालले जीतपुर–सिमरा उपमहानगरपालिकालाई दियो दमकल

सूर्य नेपाल प्रालिले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाराको जीतपुर–सिमरा उपमहानगरपालिकालाई अत्याधुनिक दमकल हस्तान्तरण गरेको छ।

भर्खरै